पौष १७,रामेछाप ।
सरकारले रामेछापमा चिसोबाट प्रभावित भुकम्प पिडितहरुको श्वास्थ्य उपचारको लागि औषधि सहित ३ जना चिकित्सक टोलि पठाएको छ ।
जिल्ला श्वास्थ्य कार्यालय रामेछापको अनुसार उक्त टोलिले अत्याधिक चिसो हुने र भुकम्प पछि सामुहिक बसोबास भएको क्षेत्रमा पुगेर श्वास्थ्य सिविर सञ्चालन गर्ने बताइएको छ । कार्यालयले चिसो पभाबित क्षेत्र रस्नालु र गुप्तेस्वरमा शिविर सञ्चालन गर्ने जनाएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा प्रकास साहाका अनुसार भुकम्प पछि पाल र जस्ताको टहरोमा बसेका सर्ब साधरणहरुलाई चिसोको कारण बिभिन्न संक्रमण देखा पर्न थालेपछि सरकारेले रामेछाप लगाएतका जिल्लाहरुमा एक साताको लागि चिकित्सक सहितको टोलि परिचालन गरेको हो ।

