फागुन १९ गते,रामेछाप
रामेछापको मन्थली स्थिति शहीद स्मृति बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निटक अनेरास्ववियुका कपिल मगर अध्यक्षमा विजयी भएका छन् ।
उनले नेविसंघको तर्फबाट उम्मेदवारी दिएका सुन्दर घिमिरेलाई २० मतले र अखिल क्रान्तिकारीका जयदीप मगरलाई १ सय ७१ मतले पछि पार्दै सभापतिमा बिजयि भएका हुन् । कुल ५ सय ७ मतदाता रहेकोमा ४ सय ४२ जना बिद्यार्थीले मतदान गरेकोमा सभापतिमा बिजयी कपिल मगरले १ सय ९२ र पराजित घिमिरले १ सय ७२ र जयदिप मगरले जम्मा ७१ मत ल्याएका छन् ।
![]() |
| अध्यक्षमा बिजयी कपिल मगर |
त्यस्तै सचिबमा नेपाल बिद्यार्थी संघका बिमल प्रसाद पौडेल बिजयी भएका छन । सचिवमा विजयी पौडेलले १ सय ७८ मत, अनेस्ववियुका भट्टराईले १ सय ५९ र अखिल क्रान्तिकारीका प्रदिप श्रेष्ठले जम्मा ९१ मत ल्याएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी अनिशा कार्की १७७ मते बिजयी भएकी छिन् । उनले नेपाल बिद्यार्थी संघका युवराज सुवेदीलाई १२ र अखिल क्रान्तिकारीका युवराज सुनुवारलाई ९७ मतले हराएकी हुन ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा अनेरास्ववियुका तर्फवाट ४ जना बिजयी भएका छन् । जसमा राजकुमार मानन्धरले १ सय ७१ ,दोर्जे तामाङले १ सय ७५ ,सरिता माझीले १ सय ६६ र निरु कंडेलले १ सय ७० मत ल्याएका छन् । नेपाल विद्यार्थीं संघका तर्फवाट सदस्यमा २ जना बिजयी भएका छन् ।
जसमा यम बहादुर भुजेलले १ सय ६६ र दिपा महतले १ सय ७४ मत ल्याएका छन । निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति सहित ६ सिट, कांग्रेस निकट नेपाल विद्यार्थी संघले सचिव सहित ३ सिट ल्याएका छन् ।
![]() |
| बिजयी उम्मेदवारहरुको नामको पछाडि ठिक लगाइएको छ |
विजयी भएपछि अध्यक्ष कपिल मगरले जिताउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा क्याम्पसको शैक्षिक स्तरउन्नतीको लागि प्रतिबद्ध भएर लाग्ने बताए । बुधबार राति ९ बजे पछि बिजयी घोषणा भएछि अनेरास्ववियुले रातिनै मन्थली बजारमा बिजय ¥याली निकालेको थियो । अनेरास्ववियुले बिजयी उत्सव मनाईरहदा अप्रिय घटना हुन नदिन बजार क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको थियो । यस अघिको निर्वाचनमा मन्थली क्याम्पसबाट अखिल क्रान्तीकारीको प्यानल बिजयी भएको थियो ।
यसैबिच फर्जी मत परेको भन्दै मतदान गर्ने क्रममा केही समय विवाद समेत भएको थियो । निर्वाचनमा फर्जि मतदान भएको खुलासा भएपछि खैला बैला भएको थियो । मतदान क्रममा मन्थली नगरपालिकाको सुनारपानीका बि.एड दोस्रो बर्षमा अध्ययन गर्ने समिता बिकको नाममा रामेछाप नगरपालिकाको सुकाजोर गाविसकी समिता बिकले मतदान गरेको खुलासा भएको हो । फर्जि मतदान गर्ने बिकले १२ कक्षा उत्तिर्ण नगरेकोे खुलेको छ ।
![]() |
| क्याम्पस प्रशासनको रेकर्डमा नक्कली बिद्यार्थीको फोटो |
यसबारेमा निर्वाचन समितिका संयोजक नारद थापाले समिता बिकको नाममा मतदान भैसकेकाले अर्काे मतदान गर्न पनि नपाएको र खसेको मत बदर पनि नहुने बताए । फर्जि मतदान भएको स्विकार गदै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद दाहालले दोषीलाई कडा कार्वाही गर्ने बताए । किर्ते मतदान गरि फरार भएकी गैरमतदाता विकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
![]() |
सक्कली आईडि कार्ड
|
यसैबिच अनेरास्ववियुले मन्थली क्याम्पसमा जिते सँगै सामाजिक संजाल फेसबुकमा मिश्रस्त प्रतिक्रीया आएका छन । फेसबुकमा नेपालि कांग्रेस रामेछापमा सचिब लेख बहादुरकार्की लेख्नुहुन्छः– क्याम्पस प्रशासानले निष्पक्षता कायम गर्न नसक्ने र जिल्लामा कार्यरत केही एनजिओ र आइएनजिओका ब्यक्तीहरुको अस्वभाविक दादागिरी पूर्ण आक्रमणको सिकार नेविसंघ बनेको छ र यसको समीक्षा हुनेछ ।
यस्तै नेकपा माओबादी केन्द्र रामेछापका नेता एबं पुर्व सांसद तारानारायण श्रेष्ठ भन्नुहुन्छः– “अखिल क्रान्तिकारीले हारेको हैन जितेको हो किन भने हामीलाई बास्तबिक बिद्यार्थीले भोट हालेका छन । अनेकौ फर्जीमत र पैसाले बिदार्थी किन्ने काम भएको छ यो बास्तबिक जित हैन ।”





