‘अब रामेछापको ८ वटै स्थानीय तहबाट नागरिकता वितरण’ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , » ‘अब रामेछापको ८ वटै स्थानीय तहबाट नागरिकता वितरण’

‘अब रामेछापको ८ वटै स्थानीय तहबाट नागरिकता वितरण’

स्नेहा सिलवाल
९ कातिक, रामेछाप । नागरिकहरुलाई घर दैलोमा नै सेवा प्रदान गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले घुम्ती शिविर मार्फत स्थानीय तहबाटै नागरिकता वितरण गर्ने भएको छ । घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि आवश्यकता अनुसार गाउँपालिकाको केन्द्रबाट नागरिकता वितरण गर्ने तयारी गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकार कृष्ण प्रसाद शर्माले नगरपालिका र गाउँपालिकासँग समन्वय गरेर स्थानीय तहबाटै समय–सयममा घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्ने कार्यक्रम रहेको रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नागरिकता प्राप्त गर्नको लागि घण्टौ धाएर सदरमुकाम मन्थली धाउनु पर्ने बाँध्यता हटाउनको लागि गाउँपालिकाको केन्द्रबाटै घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण गछौं ।’

नागरिकहरुलाई सहज ढंगले सुविधा दिनु सरकारको कर्तव्य भएको बताउदै उहाँले जनताको चाहना र भावना अनुसार आगामी दिनमा घुम्ती शिविर मार्फत सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शर्माले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि रामेछापको उमाकुण्ड, सुनापती, खाँडादेवी गाउँपालिकामा घुम्ती शिविर मार्फत गाउँघरमा नै नागरिकता वितरणको काम सम्पन्न गरिसक्नुभएको छ ।
आगामी कातिक १८ र १९ गते दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा दुई दिने नागरिकता वितरण घुम्ती शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअ शर्माले बाँकी रहेका गाउँपालिका र नगरपालिकाको दुर्गम क्षेत्रमा पनि घुम्ती शिविर मार्फत नागरिकता वितरण, मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने बताउनुभयो ।
साभारःरामेछापन्युज.कम
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap