विद्यालयको चुनावमा हारेपछि प्रहरीमाथी आक्रमण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » विद्यालयको चुनावमा हारेपछि प्रहरीमाथी आक्रमण

विद्यालयको चुनावमा हारेपछि प्रहरीमाथी आक्रमण


रामेछाप,असोज ८ गते
      लखनपुर/विद्यालय व्यवस्थापन समितिको चुनावको बिषयलाई लिएर रामेछापको लखनपुरमा प्रहरीमाथी आक्रमणको प्रयास भएको छ ।
     कालीका माध्यामीक बिद्यालय लखनपुरको व्यवस्थापन समिति चयन गर्न हिजो निर्वाचन भएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा डम्वर बहादुर तामाङ, उद्धब ढुंगेल, रिता परियार र चन्द्रमाया थापा मगरको प्यानलले १ सय मतको अन्तरले हारेपछि उनिहरुले मदिरा सेवन गरी प्रहरीको भ्यानमा ढुंगा मुढा प्रहार गरेको श्रोतले जनाएको छ । 
     बिद्यालय ब्यवस्थापन समितीमा मिन प्रसाद चौलागाई, झम्क बहादुर श्रेष्ठ, कमला कार्की र ईश्वरी गौतमको प्यानलले जितेपछि बिपक्षी प्यानलले प्रहरी माथी आक्रमण गरेको हो । प्रहरी माथी ढुंगामुढा प्रहार गर्ने लखनपुरका उद्धब ढुंगेल, अरुण चौलागाई र भिमसेन चौलागाई लाई गुन्सी र टोकरपुरबाट आएको संयुक्त प्रहरी टोलिले प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने प्रहरीले जनाएको छ । 
   शिक्षा ऐन अनुसार बिब्यस गठनको लागी अबिभावक बाट दुई महिला सहित चार जना चयन गर्नुपर्ने प्रावधान रहेको छ । अन्य सदस्यहरु मनोनित गरी अध्यक्ष छनौट गरी बिब्यसलाई पुर्णता दिईने बिद्यालयका प्रअ बिष्णु गौतमले जानकारी दिनुभयो । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap