नारायण श्रेष्ठ/रामेछाप,माघ २५ गते ।
बिभिन्न जिल्लामा सरकारले निःशुल्क दिने औषधी अभाव रहेको खबर आईरहेको बेला रामेछापमा भने निःशुल्क औषधीको अभाव नरहेको जानकारी गराईएको छ ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले मन्थलिमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा कुनै पनि औषधीको अभाव नरहेको जनाएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाहले जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी , प्राथमीक स्वास्थ्य केन्द्रमा ५८ थरी, स्वास्थ्य चौकिमा ३५ थरी र सामुदायिक स्वास्थ्य इकाईमा ३५ थरी औषधीहरु निशुल्क पाईने र यी कुनै पनि औषधी अभाव नरहेको उहाले बताउनुभयो । जिल्लामा आवश्यक पर्ने औषधि केन्द्रबाट समेत आपूर्ती हुने र त्यसले पनि नपुगेमा रकम थप गर्ने स्वास्थ्यमन्त्रीको घोषणाले जिल्लामा औषधी अभाव नहुनेमा आफु ढुक्क रहेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख शाहले बताए ।
कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जिल्लामा संचालन गरीरहेको बिभिन्न गतिबिधीको बारेमा पनि जानकारी गराईएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्धारा हाल सम्म प्राथमीक स्वास्थ्य केन्द्र ३ वटा, स्वास्थ्य चौकी ५२ वटा,शहरी स्वास्थ्य केन्द्र ४ वटा र सामुदायीक स्वास्थ्य इकाइ ८ वटा संचालनमा रहेको शाहले बताउनुभयो । स्वास्थ्य संस्थाबाट कम्तिमा एक घण्टा भन्दा टाढाको बस्तिमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य इकाई सञ्चालन गरीएको उहाले बताउनुभयो । सामुदायीक स्वास्थ्य इकाईमा आधारभूत स्वास्थ्य उपचारका साथसाथै गर्भ जाँच सेवा लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिन्छ । कार्यलय प्रमुख डा. शाहले प्राथमीक स्वास्थ्य केन्द्र मन्थलीमा संचालन गरीएको सल्यक्रीयाद्धारा गरीने सुत्केरी सेवा प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाले रामेछाप जिल्लालाई पुर्ण खोपयुक्त गाबिस घोषणा गर्ने योजना अनुरुप २ वटा नगरपालिका र २२ वटा गाबिसलाई पुर्ण खोपुयुक्त गाबिस धोषणा गरीसकीएको र बाकि गाविसहरुमा पनि तिव्रताको साथ काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी समयमै पु¥याउन सफल भएकोमा कार्यालयलाई धन्यबाद दिएका छन । सहभागी पत्रकारहरुले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी १० बजेदेखि ५ बजेसम्म अनिवार्य कार्यालयमै हुनुपर्ने सुझाव दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डां शाहको अध्यक्षतामा भएको कार्यक्रमको कार्यालयका जनस्वास्थ्य निरीक्षक केशवराज फुयालले संञ्चालन गर्नुभएको थियो ।
x


