रामेछाप,फगुन १२ गते ।
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको सरुवा भएको छ । अब रामछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा सुर्य बहादुर खत्री आउनुहुने भएको छ ।
सरुवा भएर जान लाग्नुभएका प्रजिअ अधिकारीले रामेछाप जिल्लामा सुरक्षा ब्यबस्थापन एबम सम्पूर्ण क्षेत्रमा जिम्मेबारीपूर्ण रुपमा काम गर्नु भएको थियो । रामेछापबासीले रुचाइएका अधिकारी सरल स्वभावका हुनुहुन्थ्यो ।


