हाम्रो रामेछाप संवाददाता
१५ फागुन,रामेछाप
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरिका जिल्ला परिषद रोक्न निर्देशन दिएपछि रामेछापमा हुन लागेको जिल्ला परिषद स्थगित भएको छ ।
यहि फागुन २७ गते हुन लागेको जिल्ला परिषद र फागुन १७ गते हुन लागेको एकीकृत योजना तर्जुमा समीतीको बैठक मन्त्रालयको निर्देशन अनुसार हालको लागि स्थगित भएको स्थानिय बिकास अधिकारी दिनेशराज पन्तले जानकारी दिनुभयो ।
हाल बिषेश कारणवश दुबै बैठकहरु स्थागीत भएको हुदा राजैतिक दल, स्थानिय प्रशासन, बिषयगत निकाय, गाउ बिकास समितीहरु, गैरसरकारी संघ सस्था लगायत सोरकारवाला सबैको जानकारीको लागी जिल्ला स्थीत संचार माध्यमबाट जिविस रामेछापले सुचना समेत प्रशारण गरेको छ ।
स्थानिय निकायको निर्वाचनको मिति घोषणा भइसकेको र एक हप्ताभित्रै जिल्ला विकास समिति आफैँ खारेज हुन लागेको अवस्थामा अब जिल्ला परिषदको काम अघि नबढाउन मन्त्रालयले निर्देशन दिएको हो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आयोग कार्यान्वयन भए लगत्तै जिल्ला विकास समिति स्वत खारेज हुनेछ । केही दिनमै स्थानीय तह कार्यान्वयन हुने र जिल्ला विकास समिति नै खारेज हुने भएकाले परिषदको आवश्यक नरहेको मन्त्रालयले जनाएको छ ।


