स्थानीय तह निर्वाचनको मिति घोषणाले रामेछापको ग्रामीण क्षेत्रमा उत्साह - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » स्थानीय तह निर्वाचनको मिति घोषणाले रामेछापको ग्रामीण क्षेत्रमा उत्साह

स्थानीय तह निर्वाचनको मिति घोषणाले रामेछापको ग्रामीण क्षेत्रमा उत्साह

रामेछाप,फागुन १२ गते ।
      स्थानीय तह निर्वाचनको घोषणा भएपछि रामेछापको ग्रामीण क्षेत्रमा उत्साह छाएको छ ।
    गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।



निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको खिम्ती–८ का धु्र्बकुमार श्रेष्ठले बताए । “स्थानीय तहको सेवा सुविधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा छ” श्रेष्ठले भने । गाउँका जनता प्रतिनिधि छनोट गर्न मतदानका लागि ब्यग्र प्रतिक्षामा छन् । मतदानको मिति घोषणा भएकोमा ग्रामिन भेगका जनतामा खुसि छाएको छ । गाउँगाउँमा सम्भावित उम्मेदवारको चर्चा सँगै राजनीतिक सक्रियता बढेको उनले  बताए ।
    नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलभित्र उम्मेदवार छनोटको विषयमा चर्चा सुरु भएको छ। भेटघाट, भेला, प्रशिक्षण, सङ्गठन विस्तारको कामले गाउँमा नेता पुग्न थालेपछि चहलपहल बढेको हो । नेताहरु समाजिक संजालहरु मार्फत पनि पार्टीको प्रचारप्रसार गर्न थालेका छन ।
     २ नगरपालिका र ६ वटा गाउँपालिका प्रस्तावित रामेछापमा निर्वाचनका लागि १७  वटा राजनीतिक दलहरुले आफनो दल दर्ता गराएर स्थानिय तहको निर्वाचनमा सहभागीता सुनिश्चित गरेका छन ।
रामेछापमा दर्ता हुने दलहरुमा नेपाली कागं्रेस पहिलो नम्बरमा रहेको छ भने नेकपा एमाले, नेकपा माओवादि केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति नेपाल, लीबरल डेमोक्रेटिक पार्टी, नेपाल दलित पार्टि, सास्कृतिक जनमोर्चा पार्टीले पनि दल दर्ता गरेका छन् । त्यस्तै नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टी, देशभक्त पर्यावरणिय सामाजिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी माले, संघिय समाजवादी फोरम नेपाल, चुरेभावर लोकतान्त्रीक पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माले समाजवादी), देशभक्त समाज पार्टी र दलित जनजाति पार्टीले पनी तहको निर्वाचनका लागी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापका लेखापाल सुमन पन्थीले जानकारी दिनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap