डिएसपी कुमुद ढुङ्गेललार्इ खुल्ला पत्र - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » डिएसपी कुमुद ढुङ्गेललार्इ खुल्ला पत्र

डिएसपी कुमुद ढुङ्गेललार्इ खुल्ला पत्र

   

 रामेछापको बेताली गाविसमा मन्दिर प्रवेशमा पुजारीबाट विभेद भएपछि जरिवान तिरेका घटना संचारमाध्यबाट सार्वजनिक भएपछि यो घटना चर्चा चुलिएको मात्रै छैन कि , घटनास्थल पुग्ने अधिकारकर्मीहरुको होडबाजी नै चलेको छ । दलित समुदायका व्यक्ति मन्दिर प्रवेश गरेको भन्दै पुजारीद्धयले कृष्णबहादुर विश्वकर्मालाई पाँचहजार रुपैया जरिवाना तिराएका थिए । रामेछापका प्रहरी प्रमुख डिएसपी कुमुद ढुङगेलले खुलेरै कारबाहि गर्ने यस अघि नै बताए थिए । उनै डिएसपी कुमुद ढलाई लेखिएको खुल्ला पत्र 

श्री प्रहरी नायव उपरीक्षक ज्यू,
जिल्ला प्रहरी कार्यालय, मन्थली, रामेछाप ।
       खै कसरी सुरु गरौं यहाँको प्रशंसालाई, मेरो सानो पत्रमा तपाईले गरेको सबै कामको बयान गर्न त सम्भव नहोला तर पनि मलाई थाहा भएसम्मको जानकारीलाई यस खुला पत्र मार्फत पोख्ने जमर्को गरेको छु । यहाँले रामेछापमा प्रहरी प्रमुखको जिम्मेवारी लिने वित्तिकै भन्नुभएको थियो, “म तीन महिना भित्र केही परिवर्तन गरेर देखाउँछु ।” नभन्दै कम बोल्ने तर काम गरेर देखाउने यहाँको स्वभावले अरु जिल्लाको तुलनामा रामेछाप आज शान्ति सुरक्षामा निकै अगाडि छ ।
     तपाईको रामेछाप आगमन पछि म कामको शिलशिलामा जिल्लाको जुनजुन कुनामा पुगे त्यहाँका नागरिकले टोलटोलमा तपाईको बारेमा खुलेर पंशसा गरेको सुने । आफ्नै प्रहरी प्रशासनबाट अपरेशन थाल्नुभएको यहाँले आन्तरिक व्यवस्थापनलाई चुस्त दुरुस्त पार्नुभयो । जसको कारण जिल्लामा ग्रामीण भेगमा कार्यरत सुतेका प्रहरीहरुलाई पनि ब्यूझाई दिनुभयो । आफू पनि अनेकौँ भेष बदली मुसो अठ्याउने विरालोको रणनीति झैं रातभर फिल्ड घुमेर खटेको देख्दा म मात्र होइन हजारौं रामेछापेली नागरिक चकित छन् र खुुसी पनि । 
  राज्यलाई नै चुनौती दिनेगरी मझुवामा घटेको हत्याकाण्डको हत्यारालाई प्रहरीले पक्राउ गर्ला भनेर कसैले पनि सोचेका थिएनन् । तर, करिव डेढ महिना भूमिगत शैलीमा आफै खटेर दुई हत्यारालाई अदालतमा हाजिर गराइदिनुभयो । यहाँको त्यो कदमले रामेछापमा कुमोध डिएसपी साब रहुन्जेल अपराधीहरु उम्कन सक्दैनन् भन्नेमा हामी विश्वस्त भएका छौं । गुण्डागर्दी गरेरे खान पल्केकाहरुको थालै रित्याइदिनुभयो । यसैगरी सदरमुकामको सवारी अस्तव्यस्थतालाई ट्राफिक व्यवस्थापन गरिदिनुभयो । मदिरा सेवन नियन्त्रण भएको छ । 
 यहाँले गरेका यी र यस्ता कामहरु प्रशंसा योग्य छन् । अब म फरक प्रशंगमा केही अक्षर लेख्न चाहन्छु । 
   त्यो हो माघ २२ गते बेतालीमा घटेको जातीय विभेदको घटना । घटनास्थलमा तपाइकै मातहतमा रहेको प्रहरी हवल्दारको उपस्थिति छ । घटनामा के–के भएको हो सबैकुरा उहाँलाई नै जानकारी छ । दलितले मन्दिर प्रवेश गरेको भन्दै ५ हजार जरिवाना तिराउन आदेश दिने गुञ्जबहादुर कार्कीको घर र बेतालीको प्रहरी चौकी एउटै टोलमा पर्दछ । कार्कीको पारिवारिक श्रोतका अनुसार पीडितले किटानी जाहेरी दिएको भोलिपल्ट चौकीकै आगाडीबाट एम्बुलेन्समा अभियुक्त कार्की मन्थली हुँदै काठमाण्डौ गएका छन् । कार्कीले यस अघि पनि सोही मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेका थिए । 
   सो मुद्दामा जिल्ला अदालत रामेछापले २०६३ सालमा दोषी ठहर गरि कारबाही समेत भोगिसकेका अपराधी हुन् उनी । सी.आई.बी को अनुभव प्राप्त अनि राष्ट्रिय स्तरका अपराधी र चर्चित डनहरु प्रष्ट देख्ने तपाईको ती तेजिला नयनले गाउँका घुस्याहा कुकुर जस्ता अभियुक्तहरुलाई पनि देख्न सक्नुपर्छ । प्रहरीकै आँगनबाट हिँडेका अभियुक्तलाई तपाईको प्रहरीले पक्राउ नगर्दा तपाईको नजर त्यता नगएको हो कि भन्ने मलाई अनुभूति भएको छ । 
   किटानी जाहेरी दर्ता भएको दिनदेखि मेरो मनमा यो प्रश्न उब्जिरहेको छ । अन्त्यमा यति राम्रो काम गरेर जिल्ला तहदेखि राष्ट्रिय तहसम्म आफ्नो छवि उच्च राख्न सफल हुनुमा तपाईको निष्पक्ष कार्य सम्पादन शैली हो । अहिले उनी फरार रहे पनि नेपालको कानूनले उनलाई अदालतको ढोकामा ल्याउने नै छ । फरार भनिएका अभियुक्तलाई त्यस बेला अदातलमा हाजिर गराउन हत्कडी लगाएर ल्याए पनि उचालिएको यहाँको श्रेष्टताको उचाइलाई होच्याउने निश्चित छ । 
  तपाईको प्रशंसक भएकोले म चाहन्छु त्यस्तो नहोस् । त्यसैले वरु अभियुक्तलाई तुरुन्त पक्राउ गरी आफ्नो छवि अझ उचाइमा पो पु¥याउने हो कि ? यदि यसो गर्न सकेमा बेतालीको ती पीडित दलितले उचित न्याय पाउने थिए । रामेछापका उत्पीडनमा परेका दलित समुदायलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा आफ्नो दाई डिएसपी कुमोध ढुंगेल हुनुहुन्छ भन्ने भान हुने थियो होला । यसैगरी मैले पनि अर्को प्रशंसाको चिठी लेख्न पाउँथे होला । लौ न दाई मनोकांक्षा पूरा होस् । अहिलेलाई यति नै बाँकी कुरा अर्को पत्रमा समेटौला । 
उही तपाईको प्रशंसक गम्भीर वि क 
साभार दलित अनलाईन 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap