पौष २८ ,रामेछाप
रामेछापमा बुधबार भएको टिफर दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मन्थलि नपा १ को सुकाजोर खोला नजिक भिर बाट टिफर खस्दा सहचाल सिन्धुली जिल्ला भद्रकाली ८ बस्ने बर्ष १८ को रमेश बम्जनको घटना स्थलमै ज्यान गएको थियो भने गम्भीर घाइते सिन्धुली जिल्ला भद्रकाली ८ बस्ने बर्ष २१ को मोहन खड्काको धुलिखेल अस्पतालमामा उपचारको क्रममा बुधबारनै निधन भएको छ ।
अर्का गम्भीर घाइते चालक मकुन्द घिमिरेको बिर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । सोही टिफरमा सवार रामेछाप जिल्ला डडुवा ५ बस्ने बर्ष २१ का कुसुम थामी सामान्य घाइते भएकाले तामकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
मन्थली–रामेछाप सडक कालोपत्रेको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सन कम्पनीको काममा प्रयोग गरिएको टिपर दुर्घटना भएको हो । टिपर सामान ढुवानिका लागि बाबियाखर्कको बितिटार बाट तामाकोसी क्रसर लिनको लागि छुटेको थियो ।
हेर्नुहोस दुर्घटनाका केहि तश्वीरहरु.....





