जाडोले सकस दिएपछि भूकम्प पीडित भन्छन् ‘मरुँ की बाँचु भो’ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जाडोले सकस दिएपछि भूकम्प पीडित भन्छन् ‘मरुँ की बाँचु भो’

जाडोले सकस दिएपछि भूकम्प पीडित भन्छन् ‘मरुँ की बाँचु भो’


रामेछाप, पुस १८ गते ।
       शनिवार दिउँसोवाट परेका पानी र हिउका कारण रामेछाप लगायत आसपासका जिल्लाका भुकम्प पीडितहरु समस्यामा परेका छन् । गत शनिबारको बर्ष पछि चिसो बढेसँगै टहरामा बस्दै आएका रामेछापका भूकम्प पीडितको रात अनिदोमै बित्न थालेको छ ।
       जस्ताको टहरामा बस्दै आएका पीडितको रात जाडोले अनिदो मै बित्ने गरेको हो । भुकम्प पिडितले बेलुका भएपछि चिसो आउने र राती शीत चुहिने भएपछि कहिले उज्यालो होला र घाम तापौँला भनेर अनिदो मै रात बिताउने गरेका छन् । पुस महिनाको दोस्रो हप्ता लागे संगै आकस्मीक रुपमा परेको वर्षा सँगै उच्च लेकाली भुभागमा हिउँ परेपछि विशेषगरी रामेछापको शैलुगं आसपास र क्षेत्र नं.१ को गुम्देल, तामेडाँडा, शेरदिगं र बाम्तीको देउराली लगाएतको उच्च भुभागमा हिउँ परेपछि त्यसक्षेत्रका मानिसहरु समस्यामा परेका छन् ।
     गतवर्ष नै सरकारले रकम देला र घर वनाउँला भन्ने आशामा वसेका उनीहरु मध्ये पनि चिसोका प्रभाव विशेषगरी जेष्ठ नागरीक, सुत्केरी महिला र वालवालीकामा परेको पिडीतहरुको भनाइ रहेको छ । शुक्रवार देखि आकस्मीक रुपमा उठेको वादलसँगै शनिवार पानी र हिउँ परेपछि उच्च भुभाग भन्दा वाहेक अन्यत्र वसोवास गर्दै आएकाहरु समेत समस्यामा परेको गुम्देल गाविसका सचिव गणेश थापाले जानकारी दिए ।        
उनका अनुसार चिसोका कारण अस्थायी टहरामा प्रत्यक्ष जस्ता मुनी वसेकाहरु झनै समस्यामा परेका छन् । ढिलो गरी सरकारले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ उपलव्ध गराएकोले अहिलेसम्म पनि जिल्लाका धेरैजसो भुकम्प पिडीतहरुले घर वनाउने शुरसारसम्म गरेका छैनन् । जसको प्रत्यक्ष असर यतिवेला हिमाली क्षेत्रका भुकम्प पिडीतहरुमा परेको सचिव थापाले बताए । पीडीतका अनुसार चिसोका कारण मानव जिवन सँगै चौपाया जनावहरुमा समेत प्रभाब परेको छ । त्यसवाहेक आइतवार वाटै चिसोका विरामीहरु समेत वढेका छन् । जसवाट लेकाली क्षेत्रका सवै गाविसका वासिन्दाहरु प्रभावित भएका छन् ।
‘बालबालिका र बृद्धबृद्धालाई बस्न निकै सकस हुन थाल्यो, टहरोमा बत्ती नभएपछि , अध्यारो छ, मोबाइलको बत्ती बालेर खाना खानु पर्छ, अध्यारोमा बुढाबुढी लड्छन, पिउने पानी र शौचालय नहुँदा झन समस्या भएको छ ।’ एक भुकम्प पिडिले गुनासो गर्नुभयो । भुँईबाट निकै चिसो आएपछि पराल ओछ्याएर त्यसमाथि सुकुल हालेर सुत्नु पीडितले बाध्यता बनेको छ । 
       ‘चिसोले सासुलाई खोकी लागेको छ, शरीर सुन्निएको छ, भत्किएकै घरमा जाऔँ भन्दा पनि मान्नुहुन्न, मरे पनि यहीँ मर्छु भन्नुहुन्छ,’ गुम्देलकी माईली शेर्पाले दुःखेसो गर्नुभयो । ‘दुईवटा सिरक ओढे पनि बुढाबुढी रातभरी सुत्नै सक्दैनन, बिहान भयो ?, कति बज्यो भनेर सोध्दैमा रात बित्छ ?, त्यसैले दिनभरी चौरमा घाम तापेर निद्रा पु¥याउनु परेको छ ।’ उने थपीन । 
     चिसोले राती निदाउन नसकेपछि ज्येष्ठ नागरिक लागि निदाउने बिकल्प बिहान र दिउँसोको घाम बनेको छ । चिसोले सुत्केरी र बच्चाहरु बिरामी पर्न थालेका छन् । शनिबारदेखि रामेछापको सदरमुकाम मन्थलीमा पनि चिसो बढेको छ । वैशाख १२ र २९ गतेको भूकम्पमा परी रामेछापमा ४१ जनाको ज्यान गएको थियो भने सयौ घाईते भएका थिए ।
यता बाक्लो हिमपातपछि ओखलढुंगा र सोलुखुम्बुको लेकाली गाविस पनि सेताम्मे भएका छन् । हिमपातसँगैको चिसोका कारण त्यहाँको जनजीवन पनि प्रभावित भएको छ । 
     चिसोले विद्यालयमा विद्यार्थी संख्या घटेका छन् भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । ओखलढुंगाको उत्तरी गाविस पात्ले, जन्तरखानी, भुसिंगा, रावादोलु, खिजीफलाँटे, रगनी लगायतका गाविसको माथिल्लो भेगमा बाक्लो हिउँ परेको छ । शनिबारदेखि सुरु भएको हिमपात दुई फिटसम्म बाक्लो जमेको छ । हिउँ परेपछि स्थानीय किसान भने खुसी भएका छन् । हिमपात भएपछि गहुँ, उवा, आलु, मकै जस्ता बाली फस्टाउने पात्लेका स्थानीय बासिन्दा बाबु शेर्पाले बताए ।


     त्यस्तै दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भएको छ । यसैगरी पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्ते लगायतका क्षेत्रमा हिमपात भएको छ ।
त्यस्तै काभ्रेका विभिन्न ठाउँमा शनिबार बेलुकाबाट बढेको चिसो आइतबारबाट हिमपात भएको छ । काभ्रेको सबैभन्दा अग्लो स्थान बेथानचोक, ल्होसे, महाभारत श्रृङ्खलामा हिमपात भएको हो । आइतबार बिहान पानी परेपछि दिउँसो १ बजेबाट हिउँ पर्न सुरु भएको स्थानीय बासिन्दा सरोज अधिकारीले जानकारी दिए ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap