चिसो बढेसँगै रामेछापका भूकम्प प्रभावितहरु थप मारमा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » चिसो बढेसँगै रामेछापका भूकम्प प्रभावितहरु थप मारमा

चिसो बढेसँगै रामेछापका भूकम्प प्रभावितहरु थप मारमा


कार्तीक २२, रामेछाप
   व्यवस्थित आवासको व्यवस्था नहुँदा चिसो बढेसँगै रामेछापको माथिल्लो भेगका भूकम्प प्रभावितहरु थप मारमा परेका छन् ।
   चिसो बढे पनि चिसो छल्ने घर नहुँदा भूकम्प प्रभावितहरु थप समस्यामा परेका हुन् । जिल्लाका गुम्देल, बाम्ति, चुचुरे, ठोसे, प्रिति, कुभुकास्थली, गुप्तेश्वर, रस्नालु, बेताली, नामाडी, फर्पूृ, गौश्वारा, डडुवा, टोकरपुर, दोरम्बा, खाँडादेवी, हिलेदेवी, दिमीपोखरी लगायतका गाविसमा कात्तिक महिना लागेसँगै चिसो बढेको छ । चिसो बढेपनि भूकम्प प्रभावितहरु अहिले पनि अस्थायी टहरामा नै वस्दै आएका छन् ।
उनीहरुलाई हिउँदको चिसो काट्न यस वर्षपनि संकट पर्ने भएको छ । सरकारले स्थायी आवास निर्माणको लागि उपलब्ध गराउने भनेको नगद सहयोग समयमा नै उपलब्ध गराउन नसक्दा भूकम्प पीडितहरुले स्थायी आवास बनाउन नसकेका हुन् । सरकारले दिने भनेको ३ लाख रुपैयाँ मध्यको पहिलो किस्ता ५० हजार भर्खर मात्र भूकम्प पीडितले लिएका छन् । घर बनाउने सामान र नगदको जोरजाम गर्न नपाउँदै चिसो पसिसकेको छ  ।  जस्ताको छानाका टहराहरुमा चिसोका कारण छानोबाट सित चुहिन लागेको भुकम्प पिडितहरुले बताएका छन । जस्ता बाट पानी परे जसरी शित चुहिन लागेपछि मानिसहरु बिरामी पर्न थालेका छन । कतिपय मानिसहरुमा चिसोको कारण टाउको दुख्ने, ज्वरो आउने लगायतयको समस्या देखिएको छ । भूकम्पको कारण घर भत्किए पछि जिल्लाका अधिकांश मानिसहरुले अस्थायी टहरो बनाएर बसेका छन् । टहरामा सुत्दा विहान उठ्ने बेलामा ओढेको लुगा सितले भिज्ने पीडितहरुको भनाई छ । चिसोको सबैभन्दा बढी असर बालबालिका ,जेष्ठ, अशक्त र विरामीहरुमा देखिएको छ । 
उनीहरुमा निमोनिया, दम, खोकी ज्वरो लगाएतका रोगहरु देखिन लागेका छन् । सरकारले पहिलो किस्ता रकम उपलब्ध गराए पनि प्राविधिकको प्रत्यक्ष निगरानीमा तोकिएको मापदण्ड अनुसार घर बनाउनु पर्ने भएकाले घर निर्माणमा अझ ढिलाई हुने देखिएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap