पक्की पुल मार्फत जोडिदै रामेछाप - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पक्की पुल मार्फत जोडिदै रामेछाप

पक्की पुल मार्फत जोडिदै रामेछाप

२४ कातिक, रामेछाप ।
   पञ्चालयकालमा दुर्गम भएर पनि सुगम जिल्ला घोषणा भएको रामेछाप जिल्लामा विकासले विस्तारै गति लिन थालेको छ । राजधानी काठमाडौंबाट तामाकोशी र सुनकोसीमा निर्माण भएको पक्की पुल मार्फत यस अघि नै जिल्ला सदुरमुकाम मन्थलीलाई जोडेपनि जिल्लाका अधिकांश क्षेत्रमा पक्की पुल नहुँदा बर्षाको समय नागरिकहरु पैदाल हिडन बाँध्य भएका छन् ।
    बिपी राजमार्गको खुर्कोटमा सिन्धुली–रामेछाप जोडने पुल सञ्चालनमा आएपछि रामेछापका बासिन्दालाई दोलखा सिन्धुपाल्चोक हुँदै घुमेर काठमाडौं जानु पर्ने झन्झट हटेको छ । राजधानी काठमाडौंबाट धुलिखेल, विपी राजमार्गको खुर्कोट हुँदै सदरमुकाम मन्थलीसम्म १ सय ४० किलोमिटर दुरी रहेको छ ।
खुर्कोटको पुल सञ्चालनमा आएपनि मन्थलीबाट राजधानी आवत जावत गर्नको लागि सहज भएको छ । रामेछाप जोडनको लागि सुरुमा दोलखाको तामाकोशीमा पुल निर्माण भएपनि सहज भएको थियो ।
tamakoshi-pull
मन्थलीको सदरमुकाम तामाकोसीमा सञ्चालमा आएको पुल ।
विकासका गतिमा विस्तारै अगाडि बढ्को रामेछापको क्षेत्र २ नम्बर क्षेत्रलाई जोडनको लागि सुनकोसीमा तीन निर्माण भएको खुर्कोट र सित्खाको पक्की पुल सञ्चालनमा आएको छ ।
   सित्खाको पुल हालै सञ्चालमा आएको हो भने सिन्धुली काभ्रे र रामेछापको संगमस्थल खैरनीघाटमा पक्की पुल निर्माणधिन अवस्थामा छ ।
   त्यसैगरी सित्खामा पुल सञ्चालनमा आएपछि भटौली हुँदै एक बर्ष अघि सदरमुकाम मन्थलीको तामाकोशीमा पनि पुल सञ्चालनमा आएपनि क्षेत्र नम्बर २ का बासिन्दाले यातायातमा सहज पुहँज पाएका छन् । रामेछाप र काभ्रेको चौरीखोलमा पुल निर्माणको लागि सर्भे भएपनि काम अगाडि बढ्न सकेको छैन् । मन्थलीको रणजोर खोलमा पनि पक्की पुल सञ्चालनमा आएको छ ।
khurkota-pull
रामेछाप–सिन्धुली जोडने खुर्कोटको पुल ।
sunakoshi-pull-2
बिपी राजमार्ग र रामेछापको भिरपानीमा सञ्चालमा आएको सित्खाको पुल ।




Source:Ramechhapnews.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap