रामेछाप, कार्तीक २७ गते ।
जिल्लाको दुर्गम भेगमा बसोवास गर्ने नागरिकहरुलाई घरदैलामो सरकारी सेवा दिने उद्देश्यले रामेछाप जिल्लाको गौश्वारा गाविसमा एकिकृत घुम्ती शिबिर संचालन हुने भएको छ ।
नागरिकहरुको घरदैलोमै गई सरकारी निकायका सेवा दिने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले मंसिर ७ गते मंगलबार बृहत एकिकृत घुम्ती शिविर संचालन गर्न लागेको हो । उक्त शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहितको मतदाता नामावली, कृषिसेवा, पशुसेवा, स्वास्थ्य परिक्षण, प्रविधि हस्तान्तरण, जनचेतना लगाएतका सेवाहरु नागरिकले पाउने जिल्ला प्रशासन कार्यालय राममेछापले जनाएको छ । शिविरमा गौश्वारा लगाएत छिमेकी गाविसका नागरिकहरुले पनि सेवा लिन सक्ने प्रशासनले जनाएको छ ।

