रामेछापका नागरीकले दसैँमा पनि सामाजिक सुरक्षा भत्ता पाएनन् - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापका नागरीकले दसैँमा पनि सामाजिक सुरक्षा भत्ता पाएनन्

रामेछापका नागरीकले दसैँमा पनि सामाजिक सुरक्षा भत्ता पाएनन्


रामछाप असोज १९ गते ।
      सामाजिक सुरक्षा भत्ता नपाउँदा रामेछाप जिल्लाका ४५ गाविसका २३ हजार ६ सय वृद्ध तथा अपाङ्गता भएका व्याक्तिको दसैँ ऋणमा बित्ने भएको छ ।
     सामाजिक सुरक्षा भत्ता वापतको रकम सम्बन्धित नगरपालिका र गाविसमा नपुग्दा सामाजिक सुरक्षा भत्ता लिँदै आएकाको दसैँ ऋणमा बित्ने भएको हो । स्थानीय विकास मन्त्रालयले जिल्लाका ४५ वटै गाविस र २ वटा नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको अख्तियारी पठाए पनि कार्यालय प्रमुखको गैर जिम्मेवारीका कारण रकम वितरण गर्न नसकिएको गाविस सचिवहरुले बताएका छन् ।
      स्थानीय विकास अधिकारी दिनेशराज पन्त मन्त्रालयको गोष्ठी छ भन्दै सामाजिक सुरक्षा भत्ता निकासा नै नगरी तीन हप्ता अगाडी नै हिँड्नुभएको थियो । दसैँको अवसरमा सुरक्षा भत्ता नपाउँदा वृद्ध तथा अपाङ्गता भएकाहरुको दसैँ खल्लो हुने रामेछाप नगरपालिकाका कार्यकारी प्रमुख महेश मिश्रले बताउनुभयो । मन्थली नगरपालीकाबाट पनि अपाङ्ग, जेष्ठ नागरीक, एकल महिला र दलित बालबालिका समेत गरी २ हजार ८ सय २५ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका थिए । उनीहरुले पनि यसपटकको दसैँ अघि सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । दसैँमा समेत जिम्वेवार निकायबाट सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिएका कारण उक्त रकम वितरण गर्न नसकेको सम्बन्धित नगरपालीकाले जनाएका छन् ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap