हाम्रो रामेछाप संवाददताा
असोज १८ गते,रामेछाप
मन्थली/रामेछापको पकरवास गाविसमा खानेपानीको अभाव हुदा सर्वसाधारण मार्कामा परेका छन । दैनिक जीवन विताउनका लागि सबैभन्दा आश्यक पर्ने पानीको उचित व्यवस्था नहुदा पकरबास गाविसका वासिन्दाहरुको दैनिकी जिवनयापन गर्नका लागि कठिनाई भएको छ ।
जताततै दशैको रमझमले छोपी रहदा घर लिपपोत गर्न पर्याप्त पानीको त कुरै जाओस खानेपानी को समेत धाउधाउ भएको पकरबासका स्थानिय उमेश प्रसाईले बताउनुभयो । १ गाग्रो पानीको लागी रातको १ बजे देखि पधेरोमा लाईन बस्दा पनि घण्टौ कुर्नु पर्ने बाध्यता रहको प्रासाईले बताउनुभयो । “पकरबासबासीको यस्तो समस्यामा सम्बन्धित निकायको ध्यान जाओस”–उहाले भन्नुभयो ।
पानिका अभावले पशुपालन गर्नेलाई समेत थप समस्या खडा भएको छ । १ गाग्री पानि लिनकै लागि घण्टौँ लगाएर पानिको मुहान भएको स्थानमा जानु पर्दा विद्यार्थीहरुको पठन पाठन सगैँ गृहिणिहरुको दैनिकिमा समेत असर पुगेको प्रसाईले बताउनुभयो । पकरबासमा खानेपानी ल्याउन एक मात्र माध्यम तामाकोशि नदिको पानीलाई बोरीङ गरेर तान्नुपर्ने स्थानियहरु बताउछन् ।
पकरवास त एउटा उदाहारण मात्र हो रामेछापको दर्जनौ गाबिसमा पानिको उस्तै समस्या छ । हरेक बर्ष बर्षाको समयमा पानिको मुल फुटेपनि २०७२ को भुकम्पको कारण यस बर्ष पानिको मुल नै नफुटेको मन्थली नगरपालीका १२ चिसापानीकी पुर्णमाया श्रेष्ठले बताउनुभयो ।
पानीको समस्या निराकरण गर्नका लागि गाविसहरुमा कम बजेट आएको होईन आवश्यक भन्दा बढीनै आउने गरेको छ । तर, स्थानियहरुमा चेतना र जानकारी नभएका कारणले पानिको समस्या न्यून गर्नका लागि आउने गरेको रकम स्थानिय केहि व्यक्तिकै पोकेटमा जाने गरेको र पानीको समस्या जस्ताकौ त्यस्तै रहेको सरोकारबालाहरुको भनाई छ ।
चुनावको समयमा विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुले आफ्नो भेगबाट विजय भएर गएपछि सर्वप्रथम पानीको र बाटोघाटोको समस्या सामाधान गर्ने उद्घोष गरेता पनि पटक पटक विजय गराएका व्यक्तीहरुले व्यक्तीगत स्वार्थमा डुबेकाले पानीको समस्या समाधान हुन नसकेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताउनुभयो । रामेछापको जिल्लाको अधिकांश गाबिसमा यो समस्या दशकौ देखि रहि आएको छ । यस सन्दर्भमा सम्बन्धीत निकाय र यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई जानकारी नभएको होइन् । सबैलाई जानकारी भएता पनि कानमा तेल राखेर सुतेकोले यस्तो समस्या झेल्नलाई थप सहयोग मिलेको उहाले बताउनुभयो ।




