नेपाल सम्वत् ११३७ को अवसरमा नेवाः खल रामेछापद्धारा मोटरसाइकल र्याली - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेपाल सम्वत् ११३७ को अवसरमा नेवाः खल रामेछापद्धारा मोटरसाइकल र्याली

नेपाल सम्वत् ११३७ को अवसरमा नेवाः खल रामेछापद्धारा मोटरसाइकल र्याली

   नेपाल सम्वत् ११३७ को अवसरमा  आज बिहान नेवा खल रामेछापले मोटरसाइकल र्याली  निकालेको छ । यस संम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात् गराउनु भएको थियो । 

नेपाल संम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संम्बतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संम्वतको रुपमा चलेको थियो । लिच्छविकाल अघि यस सम्वतलाई शक संम्वत रुपमा मनाउने प्रचलनमा थियो ।
 विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल सम्बतको नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, रामेछाप लगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा बिशेषरुपमा मनाउने गरिन्छ । 
  गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संम्वत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल सम्वतको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नभएको थियो । 
   त्यस्तै विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । काठमाडौंमा कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत छ ।
   






नेपाल सम्बत ११३७ को आवसमा आज विहान ८ वजे मन्थलीको देवकोटा चोकबाट शुरु भएको मोटरसाईकल  र्याली  सोल्मारी भोजनालयमा पुगेर मन्थलीको करम्बोट हुदैँ  पुनः देवकोटा चोकमा आएर नयाँ बर्ष अर्थात नेपाल सम्बतर ११३७ को शुभकामना आदान प्रदान गरिएको थियो । अहिले साँझा देवकोटा चोकमा मन्थली बजारबाँसीहरुले संयुक्त रुपमा दीपावली गरेका छन् ।  



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap