मन्थली बजारमा अब जथाभावी बाटो काट्न नपाइने - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मन्थली बजारमा अब जथाभावी बाटो काट्न नपाइने

मन्थली बजारमा अब जथाभावी बाटो काट्न नपाइने

हाम्रो रामेछाप,कात्तीक १४ गते
     तपाई रामेछापको सदरमुकाम मन्थली आउदै हुनुहुन्छ भने अलि बिचार पु¥याउनुहोला । मन्थली बजारमा अब जताभावी सडकबाट बाटो काट्न नपाइने भएको छ । 
     सानो तर ब्यस्त भएपछि मन्थली बजारमा बजार क्षेत्रका सडकहरुमा पैदल यात्रुहरुले बाटो काट्ने निश्चित ठाँउ जेब्रा क्रसिङ बनाइएको छ । तपाईले त्यहीबाट मात्र बाटो काट्नु पर्नेछ । अन्य ठाउबाट बाटोकाट्न पाईने छैन । यदी यसलाई अटेर गरी जथाभाविबाट सडक काटेमा कारबाही समेत हुनसक्ने प्रहरीले जनाएको छ । रामेछापका ४५ गविस र २ नगरपालीको सदरमुका मन्थली बजारमा सवारी साधनका साथै पैदल यात्रीहरुको पनि त्यतिकै भिडभाड भएपछि जिल्ला ट्राफिक कार्यालय रामेछापले सम्भावित दुर्घटनालाई कम गर्न व्यस्त बजारमा ठाउँठाउँमा जेब्रा क्रसिङ बनाएको छ । 
     बजारमा खचाखच यातायातका सााधन गुडिरहँदा समेत पैदल यात्रीहरुले त्यसलाई ध्याननै नदिई जथाभावि बाटो काट्ने गरेपछि प्रहरीले बाटो काट्ने निश्चित ठाउँ तोकेको हो । मन्थलीमा यातायातको चाप बढेपछि केही समय अघिदेखि सदरमुकामको देवकोटा चोकदेखि बसपार्कसम्म वन वे सडक सञ्चालनमा ल्याइएको छ । सोहि व्यवस्था अनुसार अहिले यातायातका साधनहरु संचालन भै रहेका छन् । जेब्राक्रस बनेपछि बजार क्षेत्र अझ व्यवस्थित हुने आशा सर्बसाधरणले गरेका छन ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap