जिरी च्याम्पियनसिप २०७३ को उपाधि प्याराडाईज युथ क्लब खिम्तिलाई - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिरी च्याम्पियनसिप २०७३ को उपाधि प्याराडाईज युथ क्लब खिम्तिलाई

जिरी च्याम्पियनसिप २०७३ को उपाधि प्याराडाईज युथ क्लब खिम्तिलाई

१३ कात्तीक,दोलखा ।
    दोलखाको जिरीमा कात्तीक ९ गतेबाट सञ्चालित जिरी च्याम्पियनसिप २०७३ दोलखा रामेछाप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्याराडाईज युथ क्लब खिम्तिले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा ३–० को सोझो सेटमा लिङ्कन युनाईटेड जिरीलाई पराजित गर्दै प्याराडाइृजले उपाधिमा आफ्नो कब्जा जमाएको हो ।


     घरेलु मैदानमा पराजित भएसँगै लिङ्कन युनाईटेड जिरीले दोश्रो स्थानमा चित्ता बुझाएको छ । त्यस्तै तेश्रो स्थानको लागि शुक्रबार भएको खेलमा कृष्ण सुनचाँदी पसल बाम्तीभण्डार रामेछापलाई पराजित गर्दै शिवलय युवा क्लब चुचुरे रामेछाप विजय भएको छ । पराजित भए सँगै कृष्ण सुनचाँदी पसल बाम्तीभण्डार रामेछाप सान्तोना स्थानमा घर फर्केको छ ।
     खेलका विजेता टिमहरुलाई आजै एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको हातबाट पुरस्कार वितरण गरिएको छ । प्रथम हुनेका लागि ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । दोश्रो र तेश्रो हुने टिमले क्रमशः ३५ हजार रुपैयाँ र २० हजार रुपैयाँ नदग र शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सान्तोनाको लागि १० हजार रुपैयाँ नगद र प्रमाण पत्र वितरण गरीएको छ ।  प्रतियोगितामा रामेछाप र दोलखाको विभिन्न क्षेत्रबाट ११ वटा क्लब तथा संघ संस्थाहरुले सहभागीता जनाएका थिए । 
साभार जिरी अनलाईन
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap