असोज १६ गते ,रामेछाप
मन्थली/रामेछाप प्रहरीले हिन्दुहरुको महान चाँड दसै केन्द्रीत गरी सुरक्षा योजना अगाडि सारेको छ ।
दसैका बेला हुनसक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गरी प्रहरीले गस्तीलाई बढाएको छ । रात र दिनको समयमा हुनसक्ने अपपराधिक घटनालाई नियन्त्रण गर्न उसले आफ्नो रणनीति सार्वजनिक गरेको छ ।कार्यक्रममा बोल्दै प्रहरी प्रमुख प्रहरी नायव उपरिक्ष कुमोद ढुुंगेलले जाड रक्सी खाएर होहल्ला र झगडा गर्नेलाई तत्काल कार्वाही गर्ने बताए । उनले जाडरक्सी खाने र होहल्ला गर्ने भन्ने कुरा कुनैपनि धर्म सस्कृतिमा उल्लेख नगरिएको बताए ।
उनले रमाईलोको नाममा जाडरक्सी खाई होहल्ला गर्नाले समाजको शान्ति सुव्यवस्थामा खलल पु¥याउने भएकाले यस्तो कार्य गर्नेलाई प्रहरीले कार्वाही गर्ने प्रष्ट पारे । ढुंगेलले चाडबाडका बेलामा यातायातका साधनहरुमा पनि प्रहरीले निग्रानी बढाउने बताए । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार सार्वजनिक गरेको सुरक्षा योजना यस्तो छ:-
१.चाडपर्बको मौका छोपी उद्योगपतिहरु, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधनबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दा संकलन चिठ्ठा उपहार कार्यक्रम जस्ता गतिबिधि हुन गर्न नदिने ।
२.सर्बसाधरणहरुले बैंक तथा बित्तिय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल आवात जावातमा हुनसक्ने चोरी डकैती जस्ता घटनाहरु हुन गर्न नदिने ।
३.विशेष सुरक्षा योजना बनाई मुख्यमुख्य स्थान बैंक, व्यापारिक केन्द्र, बसपार्क, मनोरन्जन स्थलहरुमा हुनसक्ने चोरी लुटपाट र अन्य आपराधिक गतिबिधिलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउने ।
४. बजारमा कृतिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यबृद्घि जस्ता कार्य हुन नदिन प्रभावकारी रुपमा अनुगमनको व्यवस्था मिलाउने र सबै उद्यमी व्यापारीहरुलाई मूल्यसूचि राख्न लगाउने ।
५.शहरी क्षेत्र तथा अन्य जुनसुकै स्थानमा अबैध मदिरा उत्पादन तथा विक्री बितरण जुवातास लङ्गुरबुर्जा जस्ता गतिबिधिलाई कडाईका साथ नियन्त्रण गर्ने ।
६.चाडपर्वहरुको बेलामा पटका आतशबाजी लगायतका बिष्फोटक पदार्थहरु आयत ओसरपसर तथा प्रयोग हुन नदिने व्यवस्था कडाईका साथ लागू गर्ने ।
७.जिल्लास्थित कार्यालयहरु र कारागारको आवश्यक सुरक्षा व्यवस्था मिलाउन निजी प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोगलाई निरुसाहित गर्ने ।
८. दिपावली छठ चाडपर्व जस्ता लामो बिदाको समयमा सुरक्षा निकायको प्रमुखहरुले जिल्ला नछाड्ने र सबै सरकारी कार्यलयहरुमा भरपर्दो पालो पहरा व्यवस्था मिलाउने ।
९.चाडपर्वका समयमा बिभिन्न गन्तव्यतर्फ जाने यात्रुहरुले सहज रुपमा टिकट पाउन नसकि रहेको भन्ने बिषयलाई दृष्टिगत गरि सम्बन्धित यातायात व्यवसायी र स्थानीय प्रशासनसँग समेत समन्वय गरि सबै यात्रुहरुले सहजरुपमा आफ्नो गन्तव्यसम्म जाने व्यवस्था गर्न पहल गर्ने ।
१०.चाडपर्वको अवसर पारि सवारी चालकहरुले समेत मा।प।से। गरी सवारी साधन चलाउनसक्ने भएको हँुदा जाँचको नियमित रुपमा व्यवस्था मिलाउने ।
११.विशेष गरी चाडपर्वको बेला बढ्ने राजमार्गमा हुने सवारी साधन डकैती नियन्त्रण गर्ने ।
१२.आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र कडाईका साथ चेकजाँच एंव योजनाबद्घ रुपमा सीमा गस्ती कार्यक्रम तत्कालै प्रारम्भ गरी चाडपर्वमा बिष्फोटक पदार्थ पट्का भुईचम्पाजस्ता चिज वस्तु नियन्त्रण गर्ने काउण्टरपार्ट प्रहरी निकायसँग समन्वय गरी अपराध र अपराधी बिरुद्घ कडा रुपमा काम कारवाही गर्ने ।
१३.चाडपर्वको नाममा विभिन्न बाहाना बनाई आर्थिक लाभ लिने कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने, गराउने ।
१४.सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुमा सुरक्षा गार्डको नामावली सम्पर्क नम्वर संकलन गरि समन्वय गर्ने ।
१५.बैंक तथा बित्तिय संस्थाहरुमा निग्रानी गर्न तथा सूचना संकलन गर्नको लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरिएको ।
१७. प्रहरी निरीक्षकको कमाण्डमा कमाण्पड पोष्ट यस कार्यलयमा रहने ।
१८.हाईवेय गस्तीलाई थप प्रभावकारी बनाउने ।

