रामेछाप, १५ असोज । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले चैत र वैशाख महिनासम्म निर्वाचन नभए मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी दिनु भएको छ ।
प्रेस चौतारी नेपाल रामछाप शाखाले शनिबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रावलले स्थानीय र प्रतिनिधिसभाको निर्वाचन एकैचोटी गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।‘संविधानको तत्काल संशोधन आवश्यक छैन’, उहाँले भन्नुभयो, ‘७ वर्ष लगाएर ९० प्रतिशत सभासदहरूको हस्ताक्षरमा जारी भएको संविधान सबैलाई मान्य छ । अहिले नै संशोधन आवश्यकता छैन ।’
कांग्रेस र माओवादी केन्द्रले बिना कारण संविधान संशोधनको कुरामा जोड दिएको रावलको भनाइ छ ।
नवराज श्रेष्ठ


