रामेछाप, असोज ४ – सोलुखुम्बुको भकुन्डे– ९ मा रहेको किन्जा खोला तर्ने क्रममा काठे पुल भाँच्चिएर खोलामा हराएका दुई जनाको शव मंगलबार फेला परेको छ ।
सोलुखुम्बुबाट रामेछाप आउने क्रममा पुल तर्दै गर्दा सोलुखुम्बुको गोली– ८ का ३७ वर्षे डेण्डी भुजेल ३० वर्षे फुर्वा गोल्जे शेर्पा पुल भाँच्चिएर गएको भदौ २६ गते हराएका थिए ।
उनीहरु शव गनाउन थालेको अवस्थामा रामेछापको वाम्ती– ११ मा पर्ने कालीदह खोला किनारमा फेला परेको हो । घाँस दाउरा गर्न गएका स्थानीयले खोला किनारमा शव देखेपछि प्रहरलिाई खबर गरेका थिए । प्रहरीले शव आफन्तको जिम्मा लगाएको जनाएको छ ।
साभारःउन्यालो अनलाईन

