काठमाडौं, असोज २- साउदीमा एक नेपालीको ज्यान गएको छ । रामेछापको टोकरपुर ७ का भिमबहादुर थापा मगरको सनिबार ज्यान गएको हो ।
त्यहाँको एक रेष्टुरेण्टमा कार्यरत भिमबहादुर टाउको दुखेपछि कामबाट कोठा फर्किएको र कोठामै ज्यान गएको परिवारले जनाएका छन् । सिनेट म्यानपावरबाट वैदेशिक रोजगारीमाा गएका भिमबहादुर विदामा आएर १४ महिना अघि साउदी जानु भएको थियो । भिमबहादुरका १४ र १० वर्षे दुई छोरा छन् । भिमबहादुरका दुई दाजुभाई पनि सोही कम्पनीमा कार्यरत छन् ।
Source:Ujyaloonline.com

