मन्थलीमा हिमगंगा यातायात प्रा.लीको औपचारीक उद्घाटन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मन्थलीमा हिमगंगा यातायात प्रा.लीको औपचारीक उद्घाटन

मन्थलीमा हिमगंगा यातायात प्रा.लीको औपचारीक उद्घाटन

असोज १,रामेछाप
    मन्थली/सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गरेका छन् । विश्वकर्मा पुजाको अवसरमा आज सदरमुकाम मन्थलीमा हिमगंगा यातायात प्रा.ली मन्थली रामेछापले आयोजना गरेको उद्घाटन कार्यक्रमका बत्ताहरुले यस्तो बताएका हुन् ।

     कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सवारीचालकको आचारण सभ्य हुनुपर्ने बताउनुभएको छ । सवारीसाधन चलेपछी गन्तव्यमा नपुगुञ्जेलसम्म यात्रुको ज्यान चालकको हातमा रहेको भन्दै उहाँले चालकले सुरक्षित यात्रा गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।त्यसैगरी नेकपा एमाले रामेछापका अध्यक्ष शान्तीप्रसाद पौडेलले रामेछापमा ट्राफिकले चिट काट्ने वातावरण नबनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । ट्राफिक प्रहरी राज्यको नीतिनियमलाई पालना गराउने सहयोगी मात्र भएको बताउदै उहाँले गल्ती नहुँदा उनीहरुसँग डराउन नपर्ने धारणा राख्नुभयो ।पौडेलले कच्ची सडकमा यात्रु ठगीने गरेको गुनासो आएकाले किलोमिटरको आधारमा रकम तोकेर सवारी साधनले भाडा लिनुपर्ने बताउनुभयो । बक्ताहरुले जिल्लामा नै दर्ता गरेर सवारी साधन चलाउदा उद्यमीहरुलाई समेत फाइदा पुग्ने बताएका थिए । 
       यसैवीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले हिमगंगा यातायात प्रा.लीका सवारीचालक र व्यवसायीलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको छ । आफ्ना व्यवसायीहरुलाई सचेत गराउन कार्यक्रमको उद्घाटन सत्रको अन्तिममा प्रहरीसँग समन्वय गरेर अन्र्तक्रियाको आयोजना गरिएको हो । ट्राफिक नियमको पालना नगर्दा नै सडकमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिलेसम्मको अध्ययनले सवारीचालकको लापरबाहीले नै बढी दुर्घटना भएको देखाएको प्रहरीले जनाएको छ । तीव्रगतिमा सवारीसाधन चलाउने, जथाभावी गाडी रोक्ने, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने मादकपदार्थ सेवन गरेर गाडी हाँकेको अवस्थामा मात्र आफूहरुले कारवाहि गर्ने जानकारी दिएका छन् । उनीहरुले आफूले रहरले सवारीसाधनबाट राजस्व लिन नचाहेको बताएका छन् । 
Source:Sajhasabal.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap