काठमाडौं, ११ असोज । भूकम्प प्रभावित चार लाख ५४ हजार १५ घर परिवारसँग अनुदान सम्झौता भएको छ । तीन लाख ९३ हजार ६ सय ७७ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ ।
भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा हाल अनुदान सम्झौताको काम भइरहेको छ । सिन्धुपाल्चोकमा ७४ हजार आठ सय ५७, रामेछापमा ४० हजार सात सय ८७, ओखलढुङ्गामा १८ हजार २०, गोरखामा ४९ हजार नौ सय ६९, दोलखामा ४४ हजार दुई सय २९, काभ्रेपलाञ्चोकमा ५७ हजार नौ सय ७९, रसुवामा नौ हजार ४३, नुवाकोटमा ५५ हजार नौ सय ७८, सिन्धुलीमा २६ हजार तीन सय ३९, धादिङमा ५८ हजार सात सय ४४ र मकवानपुरमा १८ हजार ६६ पीडितसँग सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अनुदान सम्झौता भएकामध्ये सिन्धुपाल्चोकमा ७२ हजार एक सय ५९, रामेछापमा ३९ हजार सात सय ५९, ओखलढुङ्गामा १७ हजार तीन, गोरखामा ४८ हजार ६ सय ५८, दोलखामा ४१ हजार नौ सय ८२, काभ्रेपलाञ्चोकमा ५२ हजार चार सय ९२, रसुवामा सात हजार एक सय २१, नुवाकोटमा ४० हजार ८३१, सिन्धुलीमा २ं० हजार ८३२, धादिङमा ३९ हजार तीन सय ५५ र मकवानपुरमा १३ हजार चार सय ८५ पीडितलाई पहिलो किस्ताको ५० हजार अनुदान दिइएको जनाइएको छ ।


