असोज १२ गते, रामेछाप
मन्थली/भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले जिल्लाका तीन हजार ७२ भूकम्प पीडितलाई राहात स्वरुप सोलार बत्ती वितरण गरेको छ ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत सौर्य उर्जा कार्यक्रमले भूकम्प पीडितलाई राहत स्वरुप सोलार बत्ती बितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी रामेछापले जिल्लाको माकादुम, हिलेदेबि, पिंखुरी, मझुवा र राकाथुम गाविसका भूकम्प पीडितलाई सोलार वितरण गरिएको रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
सोही कार्यक्रम अन्तर्गत मझुवा गाविसका ५ सय ८ भूकम्प पीडितलाई चुल्हो पनि वितरण गरेको छ भने भिरपानी, गुम्देल, दिमीपोखरी, दुरागाउँ, गुप्तेस्वर, कुभूकास्थली, डडुवा र भुजी गाविसमा पनि सोलार बत्ति वितरण गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
विद्युत सुविधा नभएका ठाउँका भूकम्प पीडितको लागि मात्र सोलार वितरण गर्न लागिएको पनि रेडक्रस रामेछापले जनाएको छ । रेडक्रसले वितरण गरेको प्रति सोलारको मूल्य ८ हजार रुपैयाँ पर्ने बताइएको छ ।
त्यसैगरी जिल्लाको रामपुर गाविसका ६ सय १० घर परिवारलाई आवस निर्माणको लागि पहिलो किस्ता बापतको ५० हजार रुपैया पनि बितरण गरिसकेको मन्त्री श्रेष्ठले बताउनु भयो । यस्तै मन्थली नगरपालीका वार्ड नं २ (साबिकको मन्थली गाबिस वडा नम्बर ४,५,६) का ८७ घर परीवारलाई पनि दसै अगाडिनै पहिलो किस्ता बापतको पहिलो किस्ता उपलब्ध गराईने उहाँले जानकारी दिनुभएको छ ।


