असोज १३ गते, रामेछाप
मन्थली/रामेछापको सदरमुकाम मन्थलीमा अवस्थीत श्री शहिदि स्मृती बहुमुखी क्याम्पसमा आज बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । मन्थली क्याम्पस र बिबिएस चौथो बर्षका बिद्यार्थीहरुको आयोजना तथा मन्थली बाल क्लब र मन्थली माबिको सहआयोजना भएको शुभकामना आदानप्रदान एबं सास्कुतिक कार्यक्रममा नेबि सघका केन्द्रिय माहामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याम्पस चिफ गुञ्जबहादुर श्रेष्ठ र मन्थली माबिका प्रअ टंक गौतमको आतिथ्यता रहेको थियो ।
सास्कृतीक कार्यक्रममा रामेछापका लोकदोहोरी गायक प्रकाश कटुवालले बिद्यार्थी र कार्यक्रममा सहभागी दर्शकहरुलाई आफ्नो प्रस्तुतिद्धारा मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा लोक गायक कटुवालले गाएको हरेक गितमा बीद्यार्थी र दर्शकदिर्घले कम्मर मर्काई मर्काई नाचेको दृश्य देख्न सकीन्थ्यो । गायक कटुवाल आसोज १५ गते पनि कर्कलादेबि ईंलिस बोर्डीङ स्कुलमा हुने सास्कृतीक कार्यक्रममा सहभागी हुन मन्थली आउदै हुनुहुन्छ ।


सिद्धेश्वर माविमा पनि कार्यक्रम
सिद्धेश्वर माध्यामिक बिद्यालय का कक्षा १२ का बिद्यार्थीहरुद्वारा आयोजना गरिएको दशै बिशेष शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।
बिद्यालयका प्रधानाध्यक निर्मलप्रसाद त्रिपाटीको पमुख आतिथ्यता एंब सिदेश्वर शिक्षा पब्लिक क्यापसका साहायक क्याम्पस प्रमुख जगदिश बस्नेतको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । खुल्ला नृत्य प्रतियोगितामा बिभिन्न बिद्यालय संघसस्था गरी १४ टिमको सहभागिता रहेको थियो । जसमध्ये कोइच समाजसेवा कुभुकास्थलीले पथम स्थान हात पारेको छ ।
त्यस्तै हरियाली सजाल कुबुकास्थली दितिय, दिपज्योती युवा क्लब बाम्तिभण्डार पाँगा तृतिय, र शेर्पा बोडिङ स्कुल सोर्तमुले सान्त्वना भएका छन । बिजय प्रतियोगिहरुलाई क्रमशः छ हजार , चारहजार, दुई हजार, र सान्वनालाइ एक हजार र साथमा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै शैक्षिक सत्र २०७२ ÷ २०७३ मा बिभिन्न बिद्यालय बाट उत्रिर्ण भई कक्षा ११ मा भर्ना हुन आएका बिद्यार्थीहरुलाइ स्वागत तथा शुभकामना आदानप्रदान समेत गएिको थियो । कार्यक्रममा शिक्षक बिद्यार्थी लगायत बिभिन्न ठाउँबाट दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा राष्टियस्तरका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहेको थियो ।
भिमेश्वर रुद्र माविमा पनि कार्यक्रम
यसैबिच रामेछाप जिल्लाको भिमेश्वर रुद्र माविमा नेपालीहरुको महान चार्ड दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार सम्पन्न भएको छ । चिसापानि बालक्लबको आयोजनामा अत्तिरित्त क्रियाकलापका संयोजक रामकुमार श्रेष्ठको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ । बालक्लबकी अध्यक्ष मिना पुलामिको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक मनोज कुमार सिँहले विद्यालयको शैक्षिक गुणस्तरको विकासका लागि सदैव लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । शुभकामना आदनप्रदान कार्यक्रममा सांस्कृतिक कार्यत्रक्रम तथा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षक विद्यार्थि अभिभावक तथा स्थानियको सहभागिता रहेको थियो ।






