रामेछाप । असोज ७ गते,
रामेछाप सदरमुकाम मन्थलीको बजार क्षेत्रमा एकतर्फी मात्र सवारी सञ्चालन हुनेभएको छ ।मन्थली बजारको सवारी चापलाई ध्यानमा राखी शुक्रबारवाट लागुहुने गरी देवकोटाचोक–कटहरबोट–बसपार्क सडक खण्ड र देवकोटाचोक–मालपोत–प्रहरी कार्यालय–बसपार्क सडक खण्डमा चल्दै आएका सवारीका साधनलाई एकतर्फि मात्र बनाउने मन्थली नगरपालीकाले निर्णय गरेको छ ।
![]() |
| फोटो साभारःअनलाईन खवर |
नगरपालीकाको बिहिबार बसेको बैठकले यस्तो निर्ण गरेको हो । अब राजधानी काठमाडौवाट आएका सवारी साधनहरु देवकोटा चोकबाट मुख्य वजार,जिल्ला बिकास समिति हुदै कटहरबोट निक्लीएर बसपार्क पुग्ने व्यवस्था मिलाईने छ भने खिम्ति तर्फवाट आएका सवै यातायातका साधनहहरु बसपार्क वाट जिल्ला प्रहरी कार्यालय,मन्थली नगरपालीका, मालपोत कार्यालय हुदै देवकोटा चोकमा निस्कने व्यवस्था मिलाईएको मन्थली नगरपालीकाले जनाएको छ ।
यसका लागी सवारी ब्यबस्थापनको जिम्मा ट्राफिक प्रहरीलाई दिएको छ । बिरामी बोकेको एम्बुलेन्स र मोटरसाईकलको लागी भने यो नियम लागु नहुने नगरपालीकाले जनाएको छ ।


