असोज ७ गते,रामेछाप
मन्थली/आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रामेछापले फ्रि भिसा फ्रि टिकट कार्यान्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यायल मार्फत ज्ञापनपत्र बुझाउँदै केन्द्रले एक वर्ष अघि सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेको हो । सरकारले २०७२ असार २१ देखि लागु हुने गरी खाडीका साउदी अरब, युएई सहित ६ वटा देश र मलेसिया जाने कामदारलाई फ्रि भिषा फ्रि टिकटमा पठाउने निर्णय गरेको थियो । रोजगारदाता कम्पनीले कुनै सेवा शुल्क नदिएको अवस्थामा मात्र कामदारले रोजगारदाता कम्पनीलाई दश हजार रुपैयाँ दिने निर्णय भएको थियो । त्यही निर्णय कार्यान्वयनको माग सहित ध्यानाकर्षणपत्र बुझाएको संरक्षण केन्द्रका दुबचन लामाले जानकारी दिनुभयो । फ्री भिसा फ्री टिकट अभियान अहिले बिश्वका करिव ५० देसमा चलिरहेको ध्यानाकर्ष पत्रकम उल्लेख गरीएको छ । केन्द्रले रोजगारीका लागि विदेश जाने कामदारले शुन्य लागतमा जान पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले केन्द्रले उठाएको माग जायज भएको र सम्बन्धित निकायमा चाँडै पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


