रामेछापको २२ वटा स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको २२ वटा स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा

रामेछापको २२ वटा स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा

रामेछाप,भाद्र २६ गते ।
रामेछापको २२ वटा स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा सुरु हुने भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय रामेछापले मन्थलीमा एक कार्यक्रममको आयोजना उक्त जानकारी गराईएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ती स्वास्थ्य संस्थाहरु मार्फत यसै आर्थिक वर्षबाट सो सेवा सञ्चालन गर्न लागेको हो । कार्यक्रम बारे जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाश प्रसाद साहले यो अत्यन्त संवेदनशिल काम भएकोले यसमा सम्बन्धित सारोकारवालाको ध्यानाकर्षण गराउन छलफल कार्यक्रम आयोजन गरिएको बताए । 
औषधि खुवाएर गरिने गर्भपत सेवा र सर्जरी गरेर गरिने २ खालका सेवा  रहेको पनि उनले जानकारी दिए । १२ हप्तासम्मको गर्भ औषधि खुवाएर पतन गर्ने सकिने भए पनि  १२ हप्ता माथिको गर्भपतन गराउँदा सर्जरी गर्नु पर्ने उनले बताए । जिल्ला अस्पताल रामेछाप र तामाकोसी सहकारी अस्पताल मन्थलीमा सर्जरी मार्फत गरिने गर्भपतन सेवा रहेको उनले बताए । यी बाहेक सबै स्वास्थ्य संस्थामा औषधि खुवाएर गरिने गर्भपतन सेवा सञ्चालन गर्न लागिएको साहले जानकारी दिए । 
ग्रामीण क्षेत्रका सेवाग्राहीले गर्भपतनको निम्ति सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य चौकीसम्मै यो सेवा दिन लागिएको साहले बताउनुभयो । कार्यक्रममा रामेछाप जिल्लामा गएको आर्थिक वर्षमा १६२ जनाको औषधि खुवाएर तथा ३५ जनाको सर्जरी गरी गर्भपतन गराइएको पनि जानकारी दिइएको थियो । 
कार्यक्रममा स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ एकिकृत चिकित्सा अधिकृत डाक्टर झलक गौतमले मुलुकी ऐनमा गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित रूपमा गर्भपतन गर्न सकिने व्यवस्था रहेको कार्यक्रमका अतिथी एवं बरिष्ठ चिकित्सक  डा. झलक गौतमले बताउनुभयो । त्यसैगरी हाडनाता करणी तथा बलात्कारबाट रहेको १८ हप्ता सम्मको गर्भलाई गर्भवती महिलाको मन्जुरीमा सुरक्षित गर्भपतन गर्न सकिने उहाले जानकारी दिनुभयो । गर्भको कारण महिलाको ज्यान जोखिममा पर्ने अवस्था भएमा, जन्मने बच्चा बिकलाङ्ग, अंगभंग वा अन्य कुनै रोगजन्य हुने अवस्था भएमा सम्बन्धित विज्ञ चिकित्सकको सल्लाह र गर्भवती महिलाको इच्छामा सुरक्षित गर्भपतन गर्न सकिने उहाको भनाई छ । तर लिङ्ग पहिचान गरेर गर्भपतन गर्न भने नपाईने उहाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ल्ला बिभिन्न स्वास्थ्य सस्थाका चीकीत्सक, स्वास्थ्य सम्वन्धी सारोकार राख्ने सघं सस्थाका प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap