दोलखा असोज ४ – जुँगु गाविसमा मंगलबार दिउँसो चट्याङ लागेर मान बहादुर कार्कीको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
जुँगु गाविस–६ स्थित च्यारीडाँडामा लास जलाइरहेका बेला चट्याङ लागेर जुँगु–३ का कार्कीको ज्यान गएको स्थानीय प्रदिप केसीले जानकारी दिनुभयो ।
घाइतेमध्ये सामान्य चोट लागेका ३ जनाको स्थानीय स्वास्थ्य संस्थामा र अन्य १० जनाको मैनापोखरी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो ।
जुँगु–६ स्थित स्वास्थ्य चौकी नजिकैको च्यारीडाँडामा लास जलाइरहेको बेला परेको चट्याङले घाइते भएका कार्कीको समयमा उपचार नपाएका कारण ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।
नजिकै स्वास्थ्य संस्था भएपनि स्वास्थ्य संस्थामा आवश्यक औषधी र स्वास्थ्यकर्मी नुहँदा समयमा उपचार हुन नसकेको उनीहरुको भनाई छ । औषधी र स्वास्थ्यकर्मी नभएकै कारण अरु घाइतेलाई पनि मैनापोखरी ल्याउनुपरेको बताइएको छ ।
Source:Ujyaloonline.com

