यसरी भएको रहेछ पूर्वगृहमन्त्रीको गाडी दुर्घटना, खुल्याे रहस्य ! - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » यसरी भएको रहेछ पूर्वगृहमन्त्रीको गाडी दुर्घटना, खुल्याे रहस्य !

यसरी भएको रहेछ पूर्वगृहमन्त्रीको गाडी दुर्घटना, खुल्याे रहस्य !

हाम्रो देश डट कम – काठमाडौ १० असोज । पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको छ । घिमिरेसहित सातजना सवार गाडी पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ ।
muglin-bus-accident-1पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र प्रकाश त्रिशूलीमा बेपत्ता भएका छन् । गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन् । चिवतन प्रहरीका अनुसार मुस्ताङबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
उनीहरू तीनैजनाको शव त्रिशूली नदीकिनारमा फेला परेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले जानकारी दिए ।गम्भीर घाइते चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । राईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वगृहमन्त्री घिमिरे सोह्र श्राद्ध पारेर मुस्ताङको कागबेनीमा आफ्नो बुबाको श्राद्ध गरी आमालाई मुक्तिनाथ मन्दिर दर्शन गराई घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा पूर्वगृहमन्त्री घिमिरे, उनका भाइ प्रकाश र काकाका छोरा मोहन छन्। आइतबार रातिसम्म बेपत्ता भएकाहरू फेला पर्न सकेका छैनन् ।
कसरी भयो दुर्घटना ?
पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखैअगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो ।
गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् । ‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो ।
मलाई चालकको सिट खाली गर्न भन्नुभयो ।तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु । त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना १ कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap