रामेछाप, असोज ८ गते
मन्थली/लैङगिक हिंसा न्युनिकरणको लागी आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिबार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा गिरी बहादुर सुनारले महिलाले आफ्नो सुरक्षा कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो । नेपाली समाजमा अझैपनी महिलाहरुप्रति हेर्ने दृष्टीकोण फरक रहेकोले महिला र पुरुष बिचको बिभेद कायमै रहेको छ । दिनानुदीन लैंगीक हिसां बलत्कार, जवरजस्ती करणी, यौन दुराचार जस्ता यौन अपराधका घटनाहरु भईरहेका छन । त्यसैले यस्ता घटनाबाट महिला स्वयम कसरी सुरक्षीत हुने भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको सस्थाका कार्यक्रमका सभाध्यक्ष गम्भीर बिकले बताउनुभयो ।
रामेछापका १५ वटा स्थानिय दलित गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनमा भएको कार्यक्रममा सरु सुनार, प्रहरी निरीक्षक मख्खन प्रसाद यादव, माओबादी केन्द्रका जिल्ला नेता उद्धब रम्तेल, गैरसरकारी सस्थाकर्मीहरु सरीता बुढाथोकी , जिवन श्रेष्ठ , गिरी बहादुर सुनार , भुप बहादुर नेपाली , कमल बस्नेत , सरीता खाति लगायतको आतीथ्यता रहेको थियो । कार्यक्रममा रामेछाप जिल्लाका बिभिन्न संघसस्थामा आवद्ध महिला प्रतिनिधी र बिभिन्न गाबिसबाट महिलाहरुको सहभागीता रहेको थियो ।


