केब्स स्कुलको आयोजनामा एक दिने गोष्ठी सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , , » केब्स स्कुलको आयोजनामा एक दिने गोष्ठी सम्पन्न

केब्स स्कुलको आयोजनामा एक दिने गोष्ठी सम्पन्न

असार १० गते शुक्रबार, हाम्रो रामेछाप

       कर्कलादेबि ईंग्लीस बोर्डीङ स्कुल(केब्स स्कुल)  मन्थलिको आयोजना र संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएनइपि को संयोजनमा शुक्रबार एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

      केब्स स्कुल मन्थली आकासेमा भएको  प्लान्ट फर द प्लानेट एकेडेमी नामक गोष्ठीमा मन्थली नगरपालिका भित्र रहेका सात ओटा विद्यालयको सहभागीता थियो । प्रत्येक विद्यालयका दश दश जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा केब्स स्कुल मन्थली आकासे, मन्थली उमावि, तामाकोशी बोर्डिङ स्कुल, नागकन्या मावि, भिमेश्वर रुद्र उमावि चिसापानी, विद्याश्रम निमावि र जगदम्बा निमावि चिसापानीले सहभागिता जनाएका थिए ।

सो कार्यशालाको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई प्लान्ट फर द प्लानेटको टिसर्ट र प्रमाण पत्र प्रदान गरिनुका साथै शिक्षक प्रतिनिधिहरुलाई वातावरण संरक्षण सम्बन्धि पुस्तकहरु प्रदान गरिएको थियो । आयोजकको तर्फबाट गोष्ठीलाई सम्बोधन गर्दै केब्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको समयमा वातावरण संरक्षणसँग सम्बन्धित जस्तो सुकै सकारात्मक कार्यक्रमको आयोजना गर्न आफ्नो बिद्यालय प्रतिवद्ध रहेको बताए ।

कार्यक्रम पश्चात सहभागी विद्यालयहरुलाई इलाका बन कार्यालय मन्थलीबाट सहयोग स्वरुप प्राप्त विभिन्न जातका विरुवाहरु आफ्नो विद्यालय प्राङ्गणमा रोप्नका लागि प्रदान गरिएको थियो ।

उक्त कार्यशाला गोष्ठीको अन्तीममा मन्थली आकासे क्षेत्रमा सदावहार प्रकृतिका विरुवाहरुको बृक्षारोपण समेत गरिएको केब्स स्कुलका लेखापाल मनोज श्रेष्ठले हाम्रो रामेछापलाई जानकारी दिए ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap