परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुँदैन ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुँदैन ?

परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुँदैन ?

हाम्रो रामेछाप संवाददाता
यही वैशाख २० गतेबाट सुरु भई ३१ गते  सकिएको कक्षा १२ को परीक्षामा रामेछाप जिल्लाको सेतीदेवि उच्च माध्यमिक विद्यालय सालुको परीक्षा केन्द्रमा एक परीक्षार्थीले शक्तिको आडमा परीक्षामा अनियमितता गरेका छन् । 

सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका परीक्षार्थी कृष्णहरी खत्रीले पदको दुरुपयोग गरि विद्यालय प्रशासनलाई दववामा पारेर विद्यालयले तोकेको परीक्षा हलमा नबसी अपूm एक्लै छुट्टै कोठमा बसेर परीक्षा दिने व्यवस्था मिलाई परीक्षामा अनियमितता गरेका हुन् । 
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका परीक्षार्थी कृष्णहरी खत्री

हिमगंंगा उच्च माध्यमिक विद्यालय साँघुटारबाट परीक्षामा सहभागि भएका खत्रीले विद्यालयले तोकेको परीक्षा हल भन्दा छुट्टै कोठामा एक्लै बसेर परीक्षा दिएको हिमगंगा उच्च माध्यमिक विद्यालबाटै परीक्षामा सहभागि अर्को एक परीक्षार्थीले थाहा पाएपछि परीक्षामा अनियमितता भएको सार्वजनिक भएको थियो । 

आपूmले एक्लै बसेर परीक्षा दिएको कुरा सार्वजनिक गरेमा, कसैलाई जागिरबाट निकाली दिने र कसैलाई तलब घटाइदिने भन्दै शिक्षकहरुलाई धम्की दिएको विद्यालय श्रोतले बताएको छ । “विद्यालय प्रशासन समेतको मिलेमतोमा परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सालुस्थित एक होटलमा विब्यस अध्यक्ष समेत रहेका परीक्षार्थी खत्रीले केही शिक्षकहरुको लागि रात्रि भोजको आयोजना गरेर यस्तो व्यवस्था मिलाएको हो” एक शिक्षकले नाम नबताउने सर्त भने ।  

परीक्षाको दोश्रो दिन परीक्षा हलमा सहभागि नभएका खत्रीको उत्तरपुस्तिकामा परीक्षाका गार्ड बसेकी एक शिक्षिकाले आपूmलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताइन । परीक्षा हलमा सभहभागि नभएको परीक्षर्थीको उत्तरपुस्तिकामा हस्ताक्षर गर्नु परेकोमा विरोध गर्दा परीक्षाको गार्डबाटै हटाइएको पनि उनले गुनासो गरिन । 
परीक्षा केन्द्र सालुका केन्द्राध्यक्ष गगन श्रेष्ठले– “आपूmले राम्रो काम गर्न खोज्दा खोज्दै पनि नराम्रो हुन पुगेको बताए ।” यस्तो कार्य कहाँबाट हुन पुग्यो भन्ने पत्ता लगाएर दोषीलाई कारबाही गर्ने उनले बताएका छन् । 
सिम्बोल नं. २२१००४८७ भएका परीक्षार्थी खत्रीले परीक्षा सुरु भएपछि प्रश्न पत्र र उत्तरपुस्तिका विद्यालयको आफिसबाट आफैले लिएर छुट्टै कोठामा गएर परीक्षा दिने र परीक्षा समय सकिएपछि खत्रीको उत्तरपुस्तिका लिन विद्यालयका कार्यालय सहयोगीलाई पठाउने गरेको ंकार्यालय सहयोगी तुलसी खड्काले बताए । परीक्षाको  दोश्रो दिन छुट्टै कोठामा बसेर परीक्षा दिएका खत्रीको उत्तरपुस्तिका लिन आफूलाई पठाएको र उत्तरपुस्तिका लिएर आएपछि केन्द्राध्यक्ष र सिम्बोल नम्बर अनुसार खत्री सहभागि हुनुपर्ने परीक्षा हलका गार्डले उत्तरपुस्तिकामा हस्ताक्षर गरेको उनले बताए ।  

सो परीक्षा केन्द्रको सुरक्षामा खटिएका सुरक्षा इञ्चार्ज जमिरी प्रसाद यादवले खत्री परीक्षार्थी भएको कुरा जानकारी नभएको बताए । उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियले आएको होला भन्ने हामीले ठान्यौं, उहाँ परीक्षार्थी हो भन्ने कुरा हामीलाई जानकारी नगराउँनु विद्यालय प्रशासनको कम्जोरी हो, यादवले भने । 

हाम्रो काम पेरिमिटरभित्र सुरक्षा गर्ने मात्र हो, भित्र के भएको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । खत्री सधै विद्यालय आउने गरेको तर परीक्षामा सहभागि भएको आपूmहरुले नदेखेको अर्का एक सुरक्षाकर्मीले बताए । 
घटना सार्वजनिक भएपछि विद्यालयमा बोलाइएको स्थानीय सरोकारवालाहरु सँगको छलफलमा परीक्षामा अनियमितता गर्ने घटनाको डिजाइन सोही विद्यालयका शिक्षक कमल केसीले आपूmले गरेको स्वीकार गरेको छलफलका एक सहभागिले जानकारी दिएका छन् ।

विद्यालय व्यस्थापन समितिको अध्यक्ष बन्न सम्बन्धित विद्यालयमा छोराछोरी पढाएको अभिभावक हुनु पर्ने सरकारी निर्देशिका भए पनि खत्री विनाअभिभाव नै खत्री विव्यसको अध्यक्ष भएको स्थानीयले बताए । उनको छोराछोरी बोर्डिङ्ग स्कूल र सदरमुकामको स्कूलमा पढ्छन् आफ्नो छोराछोरी नपढेको विद्यालको व्यवस्थापन समितिको अध्यक्ष भएकाले खत्री अवैधानिक अध्यक्ष हो, एक अभिभावकले भने ।    

यस विषयमा जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले आपूmलाई घटनाको जानकारी नभएको प्रतिक्रिया दिए । मिडियाकर्मीले सो घटनाको बारेमा जिज्ञासा राखेपछि मात्र आपूmले जानकारी पाएको बताएका जिशिअ अधिकारी पनि अहिलेसम्म मौन बसिरहेका छन् । 

यो समाचार तयार हुँदासम्म परीक्षामा अनियमिता भएको बारे कुनै पनि प्रक्रिया अघि नबढाएको बुझिएको छ । स्थानीय अभिभावकहरुले दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेको बेलामा जिल्ला जिल्ला कार्यालयले कुनै कदम नचाल्नुलाई स्थानीयले सरोकारवालाले समेत शंकाको रुपमा हेरेको बताएका छन् । अभिभावकको प्रश्न छ के परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुँदैन ?






    

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap