मदन-आश्रितको हत्या नै हो, खोजीनीति गरिन्छः प्रधानमन्त्री, रामेछाप पनि मदन-आश्रितको शालिकमा माल्र्यापन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » मदन-आश्रितको हत्या नै हो, खोजीनीति गरिन्छः प्रधानमन्त्री, रामेछाप पनि मदन-आश्रितको शालिकमा माल्र्यापन

मदन-आश्रितको हत्या नै हो, खोजीनीति गरिन्छः प्रधानमन्त्री, रामेछाप पनि मदन-आश्रितको शालिकमा माल्र्यापन

३ जेठ, काठमाडौं ।
     प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको दुर्घटना नभएर हत्या भएको कुरामा एमाले स्पष्ट रहेको भन्दै यसको खोजीनिति गरिने बताएका छन् । उनले लामो समय बितसकेकाले अनुसन्धान कठिन हुने उल्लेख गरे ।

मदन-आश्रतिको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘त्यो नियोजित हत्या थियो भन्नेमा हामी द्विविधामा छैनौं,’ उनले भने, ‘कानुनी रुपमा खोजविन गर्नु पर्नेछ । प्रमाणहरुको अध्ययन गर्ने र अनुसन्धान गर्नुपर्नेछ । त्यो हामी गछौर्ं ।’ उनले कहिलेबाट अनुसन्धान सुरु गर्ने भन्ने चाहिँ बताएनन् ।
    नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको सोमबार २३ वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मदन र आश्रितको निधन भएको थियो । एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाएका छन्। 
यसैबिच रामेछाप जिल्लामा पनि जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा उहाँहरुको शालिकमा माल्र्यापन गरिएको छ । सदरमुकाम मन्थलीको मदनआश्रित चोकमा रहेको भण्डारी र आश्रीतको सालिकमा माल्र्यापन गरिएको हो । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीको शालिकमा नेकपा एमाले बैकल्पीक केन्द्रीय सदस्य देवशंकर पौडेल,एमाले रामेछापका उपाध्यक्ष प्रेम तामाङ,सचिव आनन्द श्रेष्ठ,एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की लगाएतका नेता तथा सर्वसाधारणहरुले माल्र्यापन गर्नुभएको थियो  । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap