‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’ : भूकम्पपीडित - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » ‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’ : भूकम्पपीडित

‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’ : भूकम्पपीडित

गोरखा, २ जेठ ।
 “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४/१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भने, पछि देख्लास् भन्दै इन्जिनियर उठे,” गोरखाको पालुङटार नगरपालिका–१ च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डे आज जिल्ला प्रशासन कार्यालय आएर प्रजिअ नारायणप्रसाद भट्टसमक्ष गुनासो गर्दै हुनुहुन्थ्यो ।

 उहाँका अनुसार घूस नपाएको झोँकमा इन्जिनियरले आफूसहित गाउँलेको नाम लाभग्राहीको सूचीमा छुटाइदिए् । नियतवश नाम छुटाउने इन्जिनियर अर्जुन शाहलाई कारबाही गर्नुपर्ने, पुनः तथ्याङ्क सङ्कलन गर्दै वास्तविक भूकम्पपीडितलाई घर बनाउन अनुदान रकम दिनुपर्ने माग गर्दै पालुङटार नपा–१, २, र ३ वडाका भूकम्पपीडित जिल्ला प्रशासन कार्यालयमा आएका छन् । गत शुक्रबार सार्वजानिक गरिएको अनुदान पाउने लाभग्राहीको सूचीमा आफ्नो नाम छुटेपछि गाडी रिजर्भ गरेर पीडित प्रजिअ भट्टकहाँ आएका हुन् । भूकम्पपछि घरबारविहीन पीडितसँग इन्जिनियरले पैसा माग्दै नाम छुटाएको भन्दै उनीहरु आक्रोशित भएका छन् । सूचीमा नाम नपरेका भूकम्पपीडितले सूची सार्वजानिक भएको एक साताभित्रमा प्रमाणसहित निवदेन दिनुपर्ने भने पनि गाविसमा निवेदन फाराम नपुगेको पानपा–३ का रत्नराज कँडेलले बताउनुभयो । “रातो कार्ड पनि पाएँ, सेतो पनि पाएँ,” उहाँले भन्नुभयो – “घर ढलेको छ । किन लाभग्राहीको सूचीमा नाम परेन ?” तथ्याङ्क सङ्कलन गर्न गएका इन्जिनियरको हेलचेक्र्याइँले गर्दा पीडितले दुःख पाएको उहाँले बताउनुभयो । च्याङ्ली क्षेत्रका करिब ३०० पीडित आफ्नो नाम छुटेको भन्दै प्रशासन कार्यालय आएका हुन् । प्रजिअ नारायणप्रसाद भट्टले सूचना प्राप्त नहुँदा घूस मागेका इन्जिनियरलाई कारबाही गर्न नसकिएको बताउनुभयो । “भूकम्पपीडितसँग घूस मागेको सूचना पाएको भए हामी जो, कोहीमाथि पनि कानुनअनुसार कारबाही गथ्र्यौं,” उहाँले भन्नुभयो । गाउँमा मात्रै घर भएका गरिब पीडितको नाम सूचीमा नआएको भन्दै उनीहरुले काठमाडौँ, पोखरा, चितवनमा घर बनाएकाको नाम सूचीमा आएको दाबी गरेका छन् । 

गाउँ–गाउँ पुगेर भूकम्पले भत्काएको घर, घरमूलीसहित आर्थिक तथा सामाजिक तथ्याङ्क सङ्कलन गरेको इन्जिनियरले बताए पनि सार्वजानिक भएको तथ्याङ्कको चौतर्फी विरोध हुँदै आएको छ । जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले इन्जिनियरको मोबाइल नम्बर दिन नमिल्ने बताउँदै भन्नुभयो – “इन्जिनियरलाई थ्रेट हुन सक्ने भन्दै माथिबाट इन्जिनियरको नम्बर नदिनू भन्ने निर्देशन छ ।” तथ्याङ्क सङ्कलनका क्रममा कोही इन्जिनियरले पीडितसँग कानुन विपरीत घूस मागेको र पीडितको नाम छुटाइदिएको भए छानबिन हुने उहाँले बताउनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिले ढुङ्गा, माटोले बनेका सबै घर पूर्ण ध्वस्त भएको भन्दै राहत दिने निर्णय गरेको भए पनि पुनःनिर्माणको क्रममाः अनुदान वितरणको प्रक्रिया सुरु हुँदा ढुङ्गा, माटोले बनेका घर छुटेका छन् । जिल्लाको हंसपुर, मुच्चोक, बारपाक, लाप्राक, गुम्दा, सौरपानी र नारेश्वरमा पुनः निर्माणमा अभियानको सुरुवात गरिए पनि ती ठाउँमा सयौँ भूकम्पपीडित छुटेको बताइएको छ । यसअघि धुवाँकोट क्षेत्रका भूकम्पपीडित नाम छुटेको भन्दै गाडी रिजर्भ गरेर प्रशासन कार्यालय आएका थिए । रासस 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap