हाम्रो रामेछाप संवाददाता
जेष्ठ ३ गते,रामेछाप ।
रामेछापको पुरानागाऊँ गाविस वडा नम्वर ३ बाङ्गेसल्लामा गए राती आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।
राति ९ बजेवाट लाक्पा लामाको घरमा लागेको आगो स्थानियहरुको सक्रियतामा ५ घण्टापछि नियन्त्रणमा आएको छ । पीडितले लामाले १७ लाख बरावरको क्षति भएको बताएका छन् । मोवाईल चार्ज गर्दा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् । आगो निभाउन पानी नभएपछि समस्या भएको थियो ।

