चैत्र १९,रामेछाप-रामेछापको खिम्ती स्थीत तामाकोशि नदिमा डुबेर दुई बालकको ज्यान गएको छ । खिम्ती गाबिस वडा न. २ का शम्भु कार्कीका दुई छोराहरु बर्ष १८ का मिन बहादुर कार्की र बर्ष १५ का कमल बहादुर कार्कीको डुबेर ज्यान गएको हो ।
खिम्तिको तामाकोसी जनजागृति उमाविमा कक्षा ९ मा अध्ययनरत दाजुभाई वार्षिक परीक्षा सकेर नुहाइधुवाई गर्न नदीमा गएका थिए । दिउँसो २ः३० बजे परीक्षा सकेका उनीहरु ३ः३० बजेतिर नुहाउन नदीमा गएका थिए । नदीमा नुहाउने क्रममा चिप्लिएर भाइ कमल नदीमा परेपछि उनलाई बचाउन गएका दाजुलाई समेत नदीले बगाएको थियो ।
नदीले बगाएका मध्ये एकको शव घटनास्थलभन्दा करिव ५० मिटर तल खिम्ती–१ डुम्रे स्थीत तामाकोसि नदिको घुमाउने दहमा डुबेको अवस्थामा फेला परेको छ भने अर्काको शव नुहाउन गएकै ठाउँमा नदीले बनाएको दहमा फेला परेको हो ।