
नारायण श्रेष्ठ,चैत्र २०, रामेछाप-आज ५९ औं राष्ट्रिय सहकारी दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइदै छ । यसैबिच दिवसको अवसरमा रामेछाप जिल्लामा पनि बिभिन्न कार्यक्रम गरीएको छ ।
मन्थलीको देवकोटा चोकबाट सुरु भएको ¥यालि बजार परिक्रमा गरी जिल्ला विकास समितिको प्राङगण पुगेर कोण सभामा परिणत भएको थियो । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकार्य भन्ने मुल नाराका साथ ब्यानर र प्लेकार्ड बोकेको ¥यालिमा करीब दुईसय भन्दा बढि सहकारीकर्मी तथा बजारबासीको उपस्थिती रहेको थियो । रामेछाप जिल्लामा करीब चार सय सहकारी मध्ये दुईसय भन्दा बढी सहकारी संस्था क्रियाशील रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाओबादी रामेछाप जिल्ला कमिटि सदस्य नेत्र मोक्तान सचेत,अन्य पार्टी प्रतिनिधिहरु,सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको उपथिती रहेको थियो । कार्यक्रमको सञ्चालन वाईएस पी नेपालका अध्यक्ष हिमाल महतले गर्नु भएको थियो ।





