रामेछापको ओख्रेनीमा ७ सय ५९ भुकम्पपिडितले अनुदान पाउने - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको ओख्रेनीमा ७ सय ५९ भुकम्पपिडितले अनुदान पाउने

रामेछापको ओख्रेनीमा ७ सय ५९ भुकम्पपिडितले अनुदान पाउने

चैत्र २२,रामेछाप-राष्ट्रीय पुननिर्माण प्राधिकरणले रामेछाप जिल्लामा निजि आवास बनाउनको लागि सहयोग गर्ने भूकम्प पीडितहरुको नामावली सार्वजनिक गर्ने कार्य सुरु गरेको छ ।

प्राधिकरणले पहिलो पटक साविकको ओख्रेनी गाविसका राहात रकम पाउनेहरुको नाम आज सार्वजनिक गरेको हो । पुननिर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय दोलखाले आज मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सो नामावली सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामावली कार्यालयका प्रमुख हरिप्रसाद शर्माले रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई हस्तान्तरण गर्नु भएको थियो ।

सार्वजनिक गरिएको नामावली अनुसार हालको रामेछाप नगरपालीकामा पर्ने साविकको ओख्रेनी गाविका ७ सय ५९ जनाले स्थायी आवस निर्माणको लागि राज्यबाट २ लाख रुपैयाँ सहयोग पाउने भएका छन् । सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । सूचीमा नपरेका व्यक्तिले भने दुईलाख अनुदान, सामुहिक जमानीको तीन लाख ऋण पाउने छैनन ।

प्राप्त नामावली आज नै रामेछाप नगरपालीकालाई पठाई आवश्यक प्रक्रिया अघि बढाइने स्थानीय विकास अधिकारी पन्तले बताउनु भयो ।प्राधिकरणले स्थानीय निकायलाई हस्तान्तरण गरेको नामावली सार्वजनिक गरी प्रभावितहरुलाई राहात रकम लिनको लागि आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरिने प्रधिकरणका उपक्षेत्रीय निर्दशक शर्माले बताउनु भयो । उहाँका अनुसार नाम प्रकाशित भएका भूकम्प पीडितले जग्गाधनीपूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र तथा इञ्जिनियरले घर जाँच गर्दा दिएको निस्सा सहित स्थानीय निकायमा सम्पर्क गर्नु पर्ने छ ।

त्यस पछि प्राधिकरणले तोकेको बैकमा खाता खोलेपछि पीडितले पाउने पहिलो किस्ता रकम उसको बैँक खातामा जम्मा हुने प्राधिकरणले जनाएको छ ।


बाँकी २ किस्ता रकम मध्ये घरको जग उठाएर टाइविम कसेपछि प्राविधले मुल्याङ्कन गरेर अर्काे किस्ता र घर बनाई सकेपछि अन्तिममा तेस्रो किस्ता रकम दिइने शर्माले बताउनु भयो । ओख्रेनीबाट सुरु भएको यो कार्य जिल्लाका अन्य स्थानमा पनि क्रमशः सुरु हुने उहाँले जानकारी दिनुभयो ।
प्रधिकारणका अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेका रवीआपी, रामेछापको ओखेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुङ्गाको सिद्धिचरण नगरपाली र रसुवाको धुन्चेबाट अनुदान बितरण सुरु गरीएको छ । सिन्धुपाल्चोक र मकवानपुरको गाउँ छनौटका विषयमा भने सहमति भएको छैन ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap