नारायण श्रेष्ठ/चैत्र २२,रामेछाप–रामेछाप जिल्ला क्षेत्र नम्बर–२ का सांसद श्यामकुमार श्रेष्ठ कुशलले पहिलेको तुलनामा अहिले दलितहरुको अवस्था राम्रो हुनुको साथै नेपालको बर्तमान संबिधान २०७२ मा पनि दलितका हक र अधिकारलाइ समेटिएको बताउनुभएको छ ।
राष्ट्रिय दलित समाज कल्याण महासंघ जिल्ल साखा रामेछापको दोस्रो जिल्ला अधिबेसनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाले दलितका हक अधिकारहरु कार्यान्वयनमा ल्याउन सरकारले बिशेष पहल गर्ने समेत बताउनुभयो । कार्यक्रममा स्थानिय बिकास अधिकारी दिनेशराज पन्थ, नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य झपडराज भण्डारी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेम तामाङ, नेकपा मालेको जिल्ला सचिब ओमबाबु पुरी,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रमेश ढेंगेल लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायतले आफनो मन्तब्य राख्नुभएको थियो ।
राष्ट्रिय दलित समाज कल्याण महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष भिम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको बिशेष अतिथि उपेक्षित उत्पिडित समन्वय समितिका उपाध्यक्ष मुक्त बहादुर महते रहनु भएको थियो । कार्यक्रममा रामेछापका चर्चित लोकदोहेरी गायक प्रकाश कटुवाल, युनिक भोजराज बिक, तिर्थबिरक्त पाख्रीन, एच बि रसाइलि,नबिन थापा लगायतका कलाकारहरुले बेजोड सास्कृतीक प्रस्तूति दिएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

उद्घाटन समारोहको समापन पछि आजै राष्ट्रिय दलित समाज कल्याण महासंघ जिल्ल साखाको बन्द सत्र सुरु भएको आयोजकले जानएको छ ।