नारायण श्रेष्ठ/२३ चैत्र,रामेछाप–एमाओबादी निकट भातृसंगठन वाईसिएल बेतालिको गाउँ सम्मेलन मंगलबार भब्य रुपमा सम्पन्न भएको छ । गाउ सम्मेलनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
मंगलबार भएको बन्दसत्रबाट वाईसिएल बेतालिको अध्यक्षमा सुन्दर भुजेलल, उपाध्यक्षमा अईते बिक, द्धितिय उपाध्यक्षमा ध्रुर्ब कार्की, सचिवमा आनन्द योगि, सह–सचिबमा दिवश खड्का, द्धितिय सह–सचिवमा राजेश खड्का र कोषध्यक्षमा देबि तोलांगे सहित ३१ सदस्य गाउँ कमिटी गठन भएको हो ।
नव गठित गाउँ कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि एबं एमाओबादी रामेछापका सचिब प्रेमकुमार कार्की सेवक र बिषेश अतिथि वाईसिएल रामेछापका अध्यक्ष शेर बहादुर खड्का बिद्रोह लगायतले शुभकामना मन्तब्य दिदै नयाँ नेतृत्वले बेतालिमा युवा जागरण कार्यक्रम गर्नुपर्ने, विकास निर्माण र सामाजिक रुपान्तरणलाई योगदान दिनुपर्ने धारणा राख्नुभएको थियोे । वाईसिएल बेतालिका ईन्चार्ज बाबुराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिलन घिमिरेले गर्नु भएको थियो ।


