०३ चैत्र,रामेछाप-रामेछापको खिम्ती स्थीत श्री जनता प्राथमिक बिद्यालय केउरेनि को २३ औं बार्षीक उत्सव तथा अबिभावक भेला हिजो सम्पन्न भएको छ ।
बिद्यालयको बार्षीक उत्सबको अबसरमा बर्षीक परीक्षामा प्रथम,द्धितीय र तितृय हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण र पुस्तकालय स्थापन पनि एक साथ सम्पन्न गरीएको छ । कार्यक्रममा बिद्यालयका सस्थापक प्रेम बहादुर श्रेष्ठ, गनेश बहादुर श्रेष्ठ, केवल श्रेष्ठ, जग्गा दाता रत्न बहादुर श्रेष्ठ लाई बिषेश सम्मान गरीएको थियो ।
त्यस्तै पुर्ब बिब्यस अध्यक्षहरु रुद्र प्रसाद अधिकारी, जग्गादाताका छोरा पदम बहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ, चक्र बहादुर श्रेष्ठ, मान बहादुर श्रेष्ठ, सिर्जनशिल जनजागृती युवा क्लबका अध्यक्ष बिबेक श्रेष्ठ, बयोबृद्ध हर्क नारायण श्रेष्ठ, हर्क बहादुर श्रेष्ठ, तेक्वान्दो डोजाङका प्रशिक्षक राजु तामाङ ,समाजसेवि गंगा बहादुर श्रेष्ठ लगायत अग्रज अबिभाबकहरुलाई सम्मान गरीएको थियो ।
बार्षीक उत्सबको अवसरमा बिद्यार्थीहरुको नतिजा प्रकाशन र न्यु हेल्पलाइन कम्प्युटर ईन्सीच्युटद्धारा सञ्चालित कम्प्युटर कक्षामा प्रथम द्धितिय तृीतिय र सान्वना हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो । कार्यक्रममा सिर्जनसिल जनजागृती युवा क्लबद्धारा सञ्चालित तेक्वान्दो डोजाङका खेलाडिहरुले आफनो कला पर्दशन गरेको थिए ।
कार्यक्रममा बिद्यालयका सस्थापक केवल श्रेष्ठले पुस्तकालयका लागी ५० थान जनचेतना मुलक पुस्तक उपलब्ध गराउनुका साथै आर्थीक सहयोगको पनि घोषणा गर्नुभएको छ । त्यसैगरी पुष्पबृष्टी साप्ताहीकका सम्पादक तथा सोही बिद्यालयका शिक्षक बेदबहादुर श्रेष्ठले १०० थान भन्दा बढी पुस्तक, कम्प्युटरका हार्डवयर सामागी सहित नगद ४३ हजार ५०० सहयोगको घोषणा गर्नु भएको छ ।
कार्यक्रममा उपस्थीत सरोकारवालाहरुले बिगत ३ बर्ष देखि रामेछाप जिल्लाको नमुना प्राबिको रुपमा कक्षा १ देखि ५ सम्म कम्प्युटर कक्षा सञ्चालन भइरहेको उक्त बिद्यालयको शैक्षिक स्तरलाई अगाडि बढाउन बिबिधि कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता गरेको छन । साथै कार्यक्रममा सस्थापक सदस्य, अग्रज अबिभावक, पुर्ब बिब्यस अध्यक्ष तथा शिक्षकहरुबाट १० हजार ८ सय सहयोग प्रप्त भएको छ ।
बिद्यालयक अध्यक्ष रेख नारायण श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षकद्धय बेद बहादुर श्रेष्ठ र शरण कुमार श्रेष्ठले गर्नू भएको थियो । बि.स. २०४९ सालमा स्थापना भएको उक्त बिद्यालयमा बिगत केहि बर्ष अगाडि देखि बिविध कारणबश पारदर्शी हुन नसकेको हिसाब किताबलाई अर्काे बार्षीक उत्सब सम्ममा पारदर्शीता गरी अगाडि बढ्ने सहमती भएको छ ।

