भूकम्प प्रभावित जिल्लाका सीडीओ सा’ब भन्छन्- युवाजति विदेश लागे, घर कसले बनाउने ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » भूकम्प प्रभावित जिल्लाका सीडीओ सा’ब भन्छन्- युवाजति विदेश लागे, घर कसले बनाउने ?

भूकम्प प्रभावित जिल्लाका सीडीओ सा’ब भन्छन्- युवाजति विदेश लागे, घर कसले बनाउने ?

१६ चैत, काठमाडौं भूकम्प गएको एक वर्ष पुग्न लाग्दा मंगलबार काठमाडौंको एउटा तारे होटलमा हामीले भूकम्प प्रभावित जिल्लाका सीडीओ एलडीओलाई फेला पार्यौं यी सरकारी हाकिमहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको गोष्ठीमा भाग लिन राजधानी आएका रहेछन्
सरकारी भवनमा मितव्ययी ढंगले कार्यक्रम गर्नुको साटो महंगो होटलमा आयोजना गरिएको भूकम्प पीडितसम्बन्धी गोष्ठीमा उनीहरुले जिल्लामा पुनर्निर्माण गर्ने जनशक्ति नै नभएको गुनासो सुनाए
उनीहरुको गुनासो सुन्न होटलमा गृहमन्त्री शक्ति बस्नेत स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि पुगेका थिए त्यसअघि  गोष्ठीको उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्
गोष्ठीमा सहभागी हुन आएका मध्ये केही सीडीओ एलडीओलाई जिल्लाको अवस्थाबारे चासो राख्यौं यसक्रममा अधिकांश जिल्ला हाकिमले भूकम्प गएको ११ महिनासम्म अझै पीडितको लगत संकलन गरिरहेको बताएः
००००
सिन्धुपाल्चोकमा जाडोको राहत बाँड्न बाँकी
-गोकर्ण दुवाडी, प्रमुख  जिल्ला अधिकारी, सिन्धुपाल्चोक
gokarna duwadi, Sindhupalchok
भूकम्पले सबैभन्दा बढी प्रभावित भएको जिल्ला हो सिन्धुपाल्चोक पीडितहरु अस्थायी संरचनामा बसिरहेका छन् जाडो कटाएका पीडितलाई हावाहुरीले दुःख दिँदैछ
जिल्लामा जनतासम्म पुग्ने कर्मचारीको व्यवस्थापन पनि माथिल्लो निकायले नै गर्नुपर्छ अहिले स्थानीय तहमा कर्मचारी नजाने समस्या पनि यसलाई सुल्झाएर अघि बढ्नु आवश्यक
स्थानीय तहमा आवश्यक कर्मचारी नहुनु मूल चुनौति बनेको सबै गाविसमा सचिवहरु छैनन् यसै कारण जाडोमा दिने भनिएको १० १५ हजारको राहत पनि अझै सबै पीडितको हातमा पुग्न सकेको छैन
अहिलेको अवस्था जे जस्तो भए पनि जनता आफ्नो घर बनाउन आतुर छन् उनीहरुलाई राज्यले दिने सुविधा तत्काल दिएर यसमा प्रोत्साहित गर्नुपर्छ स्थानीय तहमा गर्नुपर्ने समन्वय सहयोग गर्न हामी तयार छौं
हाम्रो तहबाट हुन सक्ने सबै काम अघि बढाएका छौं पीडितको लगत संकलन चलिरहेको पुनर्निर्माण प्राधिकरणले जतिसक्दो छिटो कानुन, कार्यविधि बनाएर स्थानीय तहमा काम सुरु गर्नुपर्यो त्यसका लागि हामीले अवश्यक वातावरण तयार पारेका छौं
प्राधिकरणको सेवा केन्द्र जति छिटो स्थपना हुन्छ, त्यति नै छिटो पीडितलाई राज्य नजिक आएको अनुभव हुनेछ काम पनि त्यसै अनुरुप अघि बढ्नुपर्छ स्थानीय स्रोत साधनको अधिकतम् उपयोग गर्न प्रोत्सहान गरेर स्थानीय पीडितलाई घर बनाउन सहयोग गर्नुपर्छ
गोरखामा लगत संकलन गर्दैछौं, चाँडै सक्छौं
-नारायणप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी, गोरखा
narayan prasad vatta, Gorkha
भूकम्प पीडितको घर निर्माणको काम अघि बनाउन सकिएको छैन गोरखाका पीडितहरुलाई सकेसम्म छिटो स्थायी ओतको प्रवन्ध गर्नुपर्ने अवस्था त्यसका लागि पुनर्निर्माणमा अभियानलाई तीव्रता दिनुपर्ने अवस्था त्यसैले अब सबै प्रक्रिया पूरा गरेर तत्काल अनुदान रकम वितरण थल्ने तयारीमा छौं
स्थानीय तहमा विश्वसनीय रुपमा भूकम्प पीडितको लगत संकलनको काम भइरहेको ८० प्रतिशत काम सकियो हामी दैनिक रिर्पोट लिएर त्यसलाई जतिसक्दो चाँडो सक्ने योजनामा छौं
स्थानीय तहमा पुनर्निर्माणका लागि धेरै चुनौति छन् गोरखाको भौगोलिक अवस्थिति अप्ठेरोखालको अप्ठेरो भूगोलमा भूकम्प प्रतिरोधी तथा गुणस्तरीय पुनर्निर्माणका लागि काम गर्नुपर्ने नै ठूलो चुनौति हो
पीडितका हात-हातमा रकम पुर्याउन पनि सजिलो छैन बैंकिङ प्रणालीलाई व्यवस्थापन गर्न पनि सहज छैन स्थानीय तहमा पुनर्निर्माण अघि बढाउन दक्ष जनशक्तिदेखि धेरै कुराको सामना गर्नुपर्ने तर, त्यसलाई व्यवस्थापन गर्नको विकल्प पनि छैन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कानुन, नियमावली, मार्गदर्शन, कार्याविधि पुनर्निर्माण प्रक्रियाका बारेमा टुंगो लगाउन केही ढिलाइ गर्यो त्यसैकारण स्थानीय तहमा घर बनाउने रकम वितरण हुन सकेन
अब यी सबै दस्तावेज हाम्रो हात पर्दैछन् प्राधिकरण्को संरचना पनि अब स्थानीय तहसम्म पुग्दैछ अब काम अघि बढाउन सहज हुनेछ यसमा कार्ययोजना बनाएरै काम गर्ने हो
००००
धादिङका जनताले पानी कहाँबाट ल्याउने ?
भगवान अर्याल, स्थानीय विकास अधिकारी, धादिङ
bhagawan aryal, Dhading
पुनर्निर्माणको काम सबैभन्दा प्राथमिकताको विषय हो त्यसैले हामीले आगामी आर्थिक वर्षको कार्यक्रममा यसका सबैभन्दा धेरै रकम छुट्टाएका छौं
पीडितहरु टहरोमै छन् उनीहरुलाई स्थायी आवास दिलाउने राज्यको मूल दायित्व हो त्यसैअनुरुप पुनर्निर्माण प्राधिकरणले योजना कार्यविधि बनाउँदैछ उसले दिने योजनाका आधारमा काम गर्न स्थानीय तहमा हामी वातावरण बनाउनेछौं
अहिले स्थानीय तहमा पुनर्निर्माणका लागि कस्ता समस्या छन् भनेर हामी विश्लेषण गर्दैछौं
भुकम्पपछि धेरैले घर गुमाए तर, धादिङमा भूकम्पले घर मात्र भत्काएन, खानेपानीका अधिकांश मुहान सुकाइदियो यसले गर्दा भूकम्पपीडितसँगै अन्य सर्वसाधारण पनि प्रभावित भएका छन् पुनर्निर्माणका लागि यो पनि चुनौतिको रुपमा देखिएको
तिर्खाएका जनताले घर बनाउन पनि पानी कसरी जुटाउलान् भन्ने हाम्रो चिन्ता हो अब खोलाहरुबाट मोटर लगाएर पानी लिफ्ट गरेर गाउँमा लानुपर्ने अवस्था आएको यो सजिलो छैन  त्यसैले पुनर्निर्माण थाल्न लाग्दा हामी खानेपानीको चिन्तामा रुमलिएका छौं
गाउँमा दक्ष जनशक्तिको पनि अभाव यसले पनि पुनर्निर्माणको काम एकसाथ अघि बढाउन समस्या हुन्छ कि भन्ने परेको
०००
हुरीले झम्टँदैछ, लाङटाङबासी घर फर्कन चाहन्छन्
-कृष्णप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी, रसुवा
krishna prasad adhikari, Rasuwa
रसुवाका पीडितहरुको अवस्था गम्भीर हुरीले झम्टेको झम्टै्यै अस्थायी घरमा भएकालाई स्थायी आवासका लागि प्रक्रिया अघि बढाउन सकेका छैनौं
लाङटाङ लगायतका अति प्रभावित क्षेत्रका स्थानीयहरु आफ्नो घर फर्किन चाहिरहनुभएको धेरै भूकम्प पीडित सदरमुकाम धुन्चेमा स्थायी टहरो हालेर बस्नुभएको स्थानीय तहमा गैह्र-सरकारी संस्थाहरु पनि सक्रिय हिसावले पुनर्निर्माणका लागि जुटेका छन् 
हामी उहाँहरुलाई आफ्नै घरमा फर्काउन चाहान्छौं पुनर्निर्माण प्राधिकरणको संरचना तत्काल जिल्ला तहसम्म विस्तार गरेर पीडितलाई स्थायी घरमा पुर्याउन हामी कार्ययोजना बनाउनेछौं
स्थानीय तहबाट पुनर्निर्माण अघि बढाउन मिल्ने अवस्था पनि छैन पुनर्निर्माण प्राधिकरणले दिने कानुन विधिमा रहेर यसलाई अघि बढाउनुपर्नेछ अब सबै कानुन बनाएर तत्काल प्राधिकरणले काम जिल्लामा केन्दि्रत गर्ने बताएको
अब स्थापना हुने पुर्ननिर्माण प्राधिकरणका स्रोत केन्द्र्रले सबै पक्षको समन्वयमा काम अघि बढाउनेछ रसुवामा पुनर्निर्माणलाई अघि बढाउन स्थानीय तहमा त्यस्ता ठूला समस्याहरु छैनन्  तर, विभिन्न प्रशासनिक प्राविधिक चुनौतिहरुलाई चिर्नुपर्ने अवस्था कर्मचारीको व्यवस्थापनदेखि वास्तविक पीडितलाई जतिसक्दो छिटो अनुदान उपलब्ध गराउने नै अहिलेको चुनौति हो
हामीले पीडितको लगत संकलनको काम ८० प्रतिशत सकाएका छौं अब आउने विश्वसनीय रिपोर्टलाई आधार बनाएर प्राधिकरणसँग सहकार्य गर्दै पुनर्निर्माणको काम सुरु हुनेछ
०००
रामेछापका युवा विदेशमा छन्, को खटिने पुनर्निर्माणमा ?
-शेषनारायण पौडेल, प्रमुख जिल्ला अधिकारी, रामेछाप
shesh narayan paudel, Ramechhap
रामेछापमा प्रभावितहरु अस्थायी टहरामै छन् उनीहरुले भोग्नुपरेको समस्या अन्य जिल्लाका पीडितका भन्दा फरक छैन हामी पीडितको विवरण संकलनमा जोडतोडका साथ लागेका छौं सय १२ वटा टोलीले लगत टिपिरहेका छन्
हाम्रो पहिलो प्राथमिकता पीडितलाई उसको घरमा फर्काउने नै हो प्राधिकरणले बल्ल आफ्नो कानुन पुनर्निर्माणका विधि, कार्यविधि टुंग्याएको अब त्यसैअनुसार जिल्लामा सेवा केन्द्रहरु बन्नेछन् पीडितलाई घर बनाउने रकम वितरण थाल्ने हाम्रो योजना
हामीलाई सबैभन्दा ठूलो चुनौति वास्तविक पीडित पहिचान गर्न नै परेको राज्यले सुविधा दिन्छ भनेपछि पनि पीडितका रुपमा दर्ज हुन चाहने आम प्रवृत्ति देखियो यद्यपि हामी यसमा सचेत छौं वास्तविक पीडितले पाउनुपर्ने रकम अरुको पोल्टामा नपरोस् भनेर हामीले विभिन्न तरिकाबाट विवरणलाई विश्वसनीय बनाउन खोजेका छौं
यो काम सकिएपछि पुनर्निर्माणको काम अघि बढ्छ तर, यो त्यति सहज भने छैन स्थानीय तहमा पुनर्निर्माणका खटिने जनशक्तिको अभाव दक्ष जनशक्ति झन छँदै छैनन् अधिकांश युवा पासपोर्ट बनाउँदै विदेश उडेका छन् गाउँमा युवा जनशक्ति भेट्न मुस्किल यस्तो अवस्थमा पुनर्निर्माण अभियान अगाडि बढाउन को खटिने ?
एकैपटक सबै ठाउँमा पुनर्निर्माण थाल्दा निर्माण सामाग्रीकै अभाव हुने अवस्था आउनेछ निर्माण सामाग्री सहज सुपथ रुपमा पाउने अवस्था बनाउन नै गाह्रो हुने हाम्रो अनुमान ती सामाग्री ढुवानीको अर्को समस्या रहनेछ इन्धनको अभाव अझै टरेको छैन रामेछापमा
योसँगै जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा पुनर्निर्माण गर्न पानीको अभाव हुने देखिएको पानीका मूल सुकेका क्षेत्रमा निर्माणमा आवश्यक पर्ने पानी जुटाउन पनि समस्या हुनेछ यद्यपि पुनर्निर्माण प्राधिकरणले गर्ने तयारीलाई सहयोग गरेर जनताको घर बनाउने काममा आवश्यक पर्ने सबै किसिमका सहयोग गर्ने योजना जिल्ला तहमा बनेको
००००
सिन्धुलीमा घर बनाउने मिस्त्री छैनन्
-ताराबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी, सिन्धुली
tara bahadur karki, Sindhuli
सिन्धुलीमा पनि पीडितको अवस्था अन्य जिल्लाका भन्दा फरक छैन भूकम्प गएको एकवर्ष हुन लाग्दा पनि पीडितले आफ्नो घर बनाउन सकेका छैनन् अस्थायी आवासमा रहँदा भोग्नुपर्ने समस्या भन्नै परेन
यी समस्या समाधान गर्न पुनर्निर्माण प्राधिकरणले तयार गरेको योजना अनुरुप अब सिन्धुलीमा पनि पीडितलाई अनुदान वितरण थालिनेछ
तर, सबै विषय हामीमा मात्रै निर्भर छैन आवश्यक जिम्मेवारी पूरा गर्न स्थानीय प्रशासन निकायहरु तयार छन्
पुनर्निर्माणको काम थाल्दा पर्न सक्ने केही समस्याहरु नोट भएका छन् विशेष गरी पुनर्निर्माणमा दक्ष जनशक्ति आवश्यक पर्छ तर, स्थानीय तहमा भूकम्प प्रतिरोधी घर बनाउन जान्ने सिकर्मी, डकर्मी मिस्त्री छैनन् भएका युवा विदेशतिर लागेका छन् तालिम चलाएर बाँकी रहेकालाई दक्ष बनाउनुको विकल्प छैन
एकैपटक ठूलो संख्यामा जनशक्ति आवश्यक पर्छ यसको व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुनेछ समस्या छन् भनेर काम थाल्न ढिलाइ गर्ने अवस्था पनि छैन त्यसैले पुनर्निर्माण प्राधिकरणदेखि सबै जिम्मेवार निकायले गर्नुपर्ने काम छिटो अघि बढाउनुपर्छ

पीडितको पीडामा जतिसक्दो छिटो मल्हम लगाउन सबै लाग्नुपर्छ यो राज्यको पहिलो प्राथमिकताका रहेको विषय भएकाले सबैले यसलाई नै महत्व दिएर अघि बढ्नुपर्छ
Sorce:Onlinekhabar.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap