जिल्ला शिक्षा कार्यलय रामेछापको पत्रकार सम्मेलन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला शिक्षा कार्यलय रामेछापको पत्रकार सम्मेलन

जिल्ला शिक्षा कार्यलय रामेछापको पत्रकार सम्मेलन

  चैत्र १७ गते ,रामेछाप-बिहिबार बाट  सुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा रामेछापबाट कुल चारहजार २ सय  ४७ जन बिद्यार्थीले  परिक्षा दिने भएका छन ।

     जिल्ला शिक्षा कार्यालय रामेछापले मन्थलिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले परीक्षाको मर्यादा भङ्ग गर्ने, परीक्षा केन्द्रमा अनधिकृत प्रवेश गर्ने र परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९ बमोजिम कारबाही गर्ने बताउनुभयो । यस वर्षको एसएलसी परीक्षाको लागि रामेछाप जिल्लामा २१ वटा परीक्षा केन्द्र निर्धाण गरिएको छ ।
जि. शि. अ. खुविराम अधिकारी


        जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जिल्लाको शिद्धेश्वर उमावि वाम्ती, शारदा उमावि ठोसे, जनजागृति उमावि बेताली, शारदा उमावि गेलु, तामाकोसी जनजागृती उमावि खिम्ती, भिमेश्वर उमावि चिसापानी, गौरीशंकर उमावि रामेछाप, सेतीदेवी उमावि सालु, हिमगंगा उमावि साँघुटार, झटेश्वरी उमावि धोवीमा परीक्षा केन्द्र कायम गरिएको छ ।
यसै गरी त्रिपुरेश्वर उमावि दुरागाउँ, प्रयागेश्वर उमावि पकरबास, रुद्राक्षेश्वर उमावि मुगिटार, काकलिङ्ग उमावि दोरम्बा, कृष्णवर्णश्वर उमावि मानपुर, कुशेश्वर उमावि वेथान, शतलिङ्गेश्वर उमावि गुन्सी, कालिका उमावि लखनपुर, नलकण्ठेश्वर उमावि कठजोर र मन्थली उमाविमा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । यस वर्ष जिल्लाका ९० वटा सामुदायीक र ३ संस्थागत गरी ९३ विद्यालयबाट ४ हजार २ सय ४७ जना विद्यार्थीले एसएलसी परीक्षा दिँदै छन् । 
     जसमा नियमित तर्फ २ हजार ४ सय २० जना छात्रा र १ हजार ८ सय २७ जना छात्रहरु रहेका छन् । एक्जाम्टेड तर्फ २ हजार ४ सय ७४ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा १ हजार ५ सय ६८ जना छात्रा रहेका छन् । परीक्षामा प्राविधिक एसएलसी तर्फ ३४ जना र खुल्ला विद्यालयबाट ११ जना परीक्षार्थीहरु सहभागि हुँदैछन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको कारण ७५ जना विद्यार्थी भने परीक्षामा सहभागि हुन नपाउने जिशअ अधिकारीले बताउनु भयो । 
    परीक्षाको लागि २१ जना केन्द्राध्यक्ष, ३३ सहयक केन्द्राध्यक्ष, २ सय ७८ निरीक्षक, १ सय ४६ सहयोगि र ४ सय ७८ सुरक्षाकर्मी समेत गरी  ७ सय भन्दाबढी जनशक्ति परिचानल हुने भएको छ । परीक्षा दिन जाने विद्यार्थी अनिवार्य रुपमा विद्यालय पोशाकमा जानुपर्ने पनि कार्यालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षा दिन जाने छात्राहरुको लागि परीक्षा केन्द्रमा नै सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको जिशिअ अधिकारीले बताउनु भयो । परीक्षा चैत १८ गतेबाट सञ्चालन हुँदै छ । परीक्षा साधारण समुहका चैत २६ गतेसम्म चल्ने छ भने प्राविधिक समुहको चैत २९ गतेसम्म सञ्चालन हुने छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap