महामन्त्री कृष्ण सिटौला खुल्लामञ्च पुग्दा कार्यकर्ताहरु वि.पि. र गणेशमानको फोटो टाँस्दै थिए । रातो टिका, रातो स्वेटर र खैरो कोट लगाएर खुल्लामञ्च पुगेका थिए सिटौला ।
पौडेल र सिटौला दुवै सभापतिका उम्मेद्वार हुन् । पार्टीको उद्घाटन सत्रमा हजारौं कार्यकर्ताको बीचमा उभिएका पौडेल र सिटौलाले एक अर्काको नाम उच्चारण गरेनन् तर एकले अर्कोलाई सकेसम्म घोचपेच गर्दै आ–आफ्नो उम्मेद्वारी सहि भएको दावी गरे ।
कार्यकर्ताको मन छुने भाषण गरेका सिटौलाले आफुलाई तार्किक रुपमा प्रस्तुत गरेपनी पौडेलले आफुलाई निर्भीक नेतृत्वको रुपमा उभ्याउन सकेनन्, बरु आत्तिँदै भने, ‘राजनीति गर्नेहरु प्रति नकारात्मक दृष्टिकोण बन्दै गएको देख्दा कहिलेकाँही आत्महत्या गर्न मन लाग्छ ।’
सुशील कोईरालाले सबैको साथ लिएर पार्टी सञ्चालन गर्दै अनुपम उदाहरण छाडेर गएको भन्दै सम्बोधन शुरु गरेका सिटौलाले रामचन्द्रप्रति संकेत गर्दै भने, ‘सानो र संर्किण चित्त गरेर राष्ट्र बन्दैन ।’
‘गरिबलाई सम्बोधन गर्ने हो भने, हामी एकसाथ फराकिलो दिलका साथ उभिनुपर्छ’ पौडेलप्रति संकेत गर्दै उनले भने, ‘आग्रह पुर्वाग्रह त्यागौं, बैचारिक छलफमा जुटौं, यो पार्टीलाई रिभ्यु गर्ने बेला हो ।’ कांग्रेसभित्र कोहि ठुलो र कोही सानो नभएको उल्लेख गर्दै सिटौलाले भने, ‘सबै कांग्रेस समान छौं, अबका दिनमा कांग्रेसले तलका कार्यकर्ताको कुरा सुन्नुपर्छ ।’
महाधिवेशनको उद्घाटन समेत गरेका कार्यबाहक सभापति पौडेलले कांग्रेसभित्र बैचारिक सुदृढिकरण र चिन्तनको आवश्यकता भएको बताए । पौडेलले राजनीति गर्ने मान्छेहरुप्रती निन्दा भएको देख्दा कहिलेकाँही आत्महत्या गरौंजस्तो लाग्ने गरेको उल्लेख गर्दै भने, ‘हामीले आफुलाइ हेरौं, राजनिती लान्छित भएको छ कि छैन ?’
‘म राजनितीलाइ सम्मानित बनाउन चाहन्छु’ पौडेलले भने, ‘राजनीतिलाई कसैले विश्वास गरेनन् भने देशलाई कसरी बचाउने ?’ घुमाउरो पाराले पार्टी सभापतिको उम्मेद्वारीका लागी संझौता गर्न खोज्दा सिटौलाले धोका दिएकोतर्फ संकेत गरेका पौडेलले भने, ‘संझौता गर्दा नियत ठीक हुनुपर्छ ।’
पौडेलले यसरी नियतको कुरा उठाउँदा सिटौला मञ्चमा हाँसिरहेका थिए । पौडेलले नियतको कुरा मात्र उठाएनन्, अबका दिनमा कांग्रेसको राजनीति भागबन्डाको आधारमा गर्न नहुने र कामको मूल्यांकनको आधारमा गर्नुपर्ने बताए । आम जनताको भाग्य सपार्ने दायित्व कांग्रेसको भएकाले कांग्रेस आफैं परिवर्तन नभए देशलाई नेतृत्व गर्न नसक्ने उद्घोष गरे ।
नेपाली कांग्रेसको डुंगालाइ विभिन्न अड्चनहरुबाट पार लाउनुपर्ने हुनाले यसबारे गंभिर भएर सोच्न उनले आग्रह गर्दै पौडेलले सम्बोधनको अन्तमा भने, ‘म सुशीलको विडो थाम्न सक्छु, त्यसैले जोडले भन्नुस्, जय नेपाल !’
शेरबहादुरलाई वाहवाही !
शेरबहादुर खुल्लामञ्च पुग्दा मध्यान्हको दुई बजिसकेको थियो । निर्धारित समयभन्दा एक घण्टा ढिला पुगेका बरिष्ठ नेता शेरबहादुर देउवा मञ्चमा पुगेर अभिवादनको हात हल्लाउनासाथ हजारौं कार्यकर्ताले हुटिङ गरेका थिए ।
रामचन्द्र र सिटौलाको जुहारी पर्दा चुपचाप बसेका कांग्रेस कार्यकर्ता शेरबहादुरले भाषण गर्दा पटक–पटक हौसिएका थिए । पटक–पटक कार्यकर्ताको ताली पाएका देउवाले कांग्रेस र देशका सामु देखिएका चुनौतीको ब्याख्या गर्दै कांग्रेसको नेतृत्वले त्यस्तो चुनौती सामना गर्नुपर्ने बताए ।- See more at: http://www.ratopati.com/news/35266/#sthash.Qrr9FCMv.UwxGN0mD.dpuf