“उत्तरपुस्तिका प्राप्त गरेपछि उत्तरपुस्तिकाको अवस्था जाँच गर्नु पर्दछ । यसको मतलब के हो भने कतै कुनै पानाहरू च्यातिएका छन् कि वा कतै सादा पाना पो छ कि भनेर राम्ररी हेर्नु पर्दछ । यो एकिन गरिसकेपछि मात्रै शुरूको पेजमा आफ्नो विवरण भर्नु पर्दछ ।”
प्रभात सुवेदी ।
लेखन कला हो । लेखन सीप हो । लेखन व्यक्तित्व हो । लेखन परिचय हो । जब मानव सभ्यताको विकास क्रमको शुरुवात भयो तव मानिसले अभिव्यक्ति आदान प्रदानका लागि अनेकन उपायहरु खोज्दै जान थाल्यो । यसरी उपाहरुको खोजीका क्रममा अनेकन किसिमका संकेतहरुको प्रयोग गर्दै जाने क्रममा अक्षरहरुको विकास भएको मानिन्छ ।
लेखन कला हो । लेखन सीप हो । लेखन व्यक्तित्व हो । लेखन परिचय हो । जब मानव सभ्यताको विकास क्रमको शुरुवात भयो तव मानिसले अभिव्यक्ति आदान प्रदानका लागि अनेकन उपायहरु खोज्दै जान थाल्यो । यसरी उपाहरुको खोजीका क्रममा अनेकन किसिमका संकेतहरुको प्रयोग गर्दै जाने क्रममा अक्षरहरुको विकास भएको मानिन्छ ।
यद्यपी पुराना धेरै लिपीहरु डाइनोसर जस्तै लोप भएर गए भने कतै कतै पुराना लिपीहरु भने सङ्ग्रहालयमा देख्न सकिन्छ । नेपालमा पनि यस्ता पुराना लिपीहरु अझै पनि देख्न पाइन्छ । ती पुराना लिपीहरुको आधारमा पुराना संस्कृति र सामाजिक रहन सहन तथा सभ्यताका बारेमा पहिचान तथा विश्लेषण गर्न सकिन्छ ।
आजको विश्व समाजले यतिविधी फड्को मारिरहेको अवस्था छ । यसको पछाडिको कारण खोतल्दै जाने हो भने विचारहरुको आदान प्रदान नै हो । तर, बिचारहरुको आदनप्रदानका लागि लिपी र यसको प्रयोगमा भएको यान्त्रिकीकरण नै हो । यो यान्त्रिकीकरण वा सञ्चारका लागि प्रविधिको विकासका कारणले गर्दा नै आजको विकास संभव भएको हो भन्ने कुरामा कसैको पनि दुई मत नहोला । विभिन्न देशका आ–आफ्नै भाषाहरु छन् । ती भाषाहरुका लागि आ–आफ्नै लिपीहरु पनि रहेका छन् । ती लिपीहरुका आधारभूत मान्यता र तौर तरीकाहरु छन् ।
अव यो प्रसङ्गलाई यहीँ विराम दिँदै यो आलेखमा भने विशेष गरी एसएलसीको तयारीमा रहनुभएका विद्यार्थी भाइबैनीहरुलाई परीक्षाको लेखनमा कसरी उत्कृष्टता ल्याउने भन्ने विषयमा चर्चा गर्न चाहन्छु । परीक्षाको तयारी गर्दाको समयमा नै जसरी पुस्तकहरु वा कुनै अभ्यासका लागि तयार गरिएका अतिरिक्त पुस्तकहरु अध्ययन गरिन्छ त्यसरी नै अध्ययन गरेका विषयवस्तुहरुलाई स्मरणका लागि लेखनको पनि जरुरी छ । पढेको कुरालाई लेखन गर्दै गएमा विर्सिँदैन, चीरस्थायी हुन्छ । यदि पढेर मात्रै परीक्षाको तयारी गर्ने बानी छ भने त्यो बानी घातकसिद्ध हुन सक्छ किनकी परीक्षामा पढेर उत्तर दिने प्रणाली छैन । लेखेर नै आफ्नो वौद्धिकताको प्रदर्शन गर्नुपर्ने हुन्छ । यति मात्रै हैन कि कसरी लेख्ने भन्ने कुराले पनि निकै महत्व राख्ने गर्दछ परीक्षामा ।
तयारीका क्रममा लेखेका कुराहलाई अलग रुपमा नोट तयार गर्दा अझ राम्रो हुन्छ । किनकी यही नोटमा लेखिएका कुराहरु परीक्षाको नजिकै पुनरावलोकन गरियो भने आँफैले लेखेका अक्षरहरुबाट सिकेका कुराहरु ताजा भएर आउँछन् । जसका कारण परीक्षाको समयमा धेरै घोकिरहनु पर्ने झन्झट हुँदैन र तयारी पनि सहज हुने गर्दछ ।
खासगरी परीक्षाको लेखनमा निम्न कुराहरुको विशेष ख्याल राख्नु पर्दछ:
उत्तरपुस्तिका प्राप्त गरेपछि उत्तरपुस्तिकाको अवस्था जाँच गर्नु पर्दछ । यसको मतलब के हो भने कतै कुनै पानाहर च्यातिएका छन् कि वा कतै सादा पाना पो छ कि भनेर राम्ररी हेर्नु पर्दछ ।
उत्तरपुस्तिका प्राप्त गरेपछि उत्तरपुस्तिकाको अवस्था जाँच गर्नु पर्दछ । यसको मतलब के हो भने कतै कुनै पानाहर च्यातिएका छन् कि वा कतै सादा पाना पो छ कि भनेर राम्ररी हेर्नु पर्दछ ।
यो एकिन गरिसकेपछि मात्रै शुरुको पेजमा आफ्नो विवरण भर्नु पर्दछ । शुरुमा भरिने विवरणले पनि निकै महत्व राख्दछ । त्यो विवरण जसमा आफ्नो सिम्बोल नम्बर (अंक र अक्षरमा), परीक्षा केन्द्र, परीक्षा मिति, विषय अदि विवरणहरु नआत्तिईकन भर्नु पर्दछ । यदि यो विवरणमा नै केरमेट भयो वा रोल नम्बर राम्ररी बुझिने गरी लेखिएन भने परीक्षाको नतिजा नै रद्ध हुन सक्दछ । जसको कारणबाट यति दुःख गरेर अध्ययन गरेको मेहेनत र लगानी पनि खेर जान सक्दछ । तसर्थ भाइबैनीहरु ! आफ्नो सिम्बोल नम्बर अंक र अक्षरमा लेख्नका लागि आजैदेखि अभ्यास गर्नुहुन अनुरोध गर्दछु ।
यसरी उत्तरपुस्तिकामा शुरुको विवरण भरिसकेपछि ठिक त्यसको पछाडि कहिल्यै पनि लेख्नु हुँदैन, किनकी त्यो भाग कपी परीक्षणको क्रममा कोडिङ तथा डिकोडिङ प्रक्रिया हुने भएकोले च्यातिन्छ र तपाईंहरुले लेख्नुभएको उत्तर पनि च्यातिएर जान्छ । त्यसैले यस्तो काम भुलेर पनि गर्नु हुँदैन । अव कुरा गरौं कपीमा लेख्दा के के कुरामा विचार पु¥याउनु पर्दछ भन्ने विषयमा ।
प्रश्नपत्र प्राप्त गरेपछि पनि प्रश्नपत्रको संरचना अनि पुरा भए वा नभएको राम्ररी छापिएको वा नछापिएको बारेमा पनि हेर्नु आवश्यक हुन्छ । सबै प्रश्नहरु भएको र राम्ररी छापिएको प्रष्ट भएको खण्डमा मात्रै त्यही प्रश्नपत्र प्रयोग गर्नुहोला अन्यथा प्रश्नपत्र साट्न पनि सकिन्छ । यति गरिसकेपछि कपीको मार्जिन लाईन छाडेर उत्तर लेख्नु पर्दछ । मार्जिन दायाँ र बाँया दुबैतर्फ छाड्नु पर्ने हुन्छ ।
जसले गर्दा उत्तरपुस्तिका परीक्षकलाई अङ्कन गर्न सजिलो हुन्छ र परीक्षार्थीहरुले प्राप्त गरेका अङ्कहरु छुट्ने सम्भावना रहँदैन । उत्तर लेख्दा सकभर क्रमबद्ध रुपमा समाधान लेख्न सकेमा अत्यन्तै राम्रो हुन्छ किनकी परीक्षकलाई यसरी परीक्षण गर्दै जाँदा अङ्क दिन पनि सजिलो हुन्छ र विद्यार्थीको क्षमताको पनि सहजै पहिचान हुन्छ । यदि कुनै प्रश्नको उत्तर आएन र पछि लेख्न पर्ने भयो भने पनि प्रश्नपत्रमा केही चिन्ह लगाएर राख्नु पर्दछ । नत्र प्रश्न छुट्यो भने पनि राम्रो हुँदैन । त्यसैले यस्तो कुरामा निकै ध्यान दिनु पर्दछ ।
प्रश्नको उत्तर लेख्ने क्रममा पनि प्रश्न नम्बर प्रष्ट रुपमा लेख्नु पर्दछ । जस्तो कि प्रश्न नं. ५ को उत्तर भनेर लेखेपछि त्यस प्रश्नको उत्तर लेख्नु पर्दछ । यदि प्रश्नमा उपप्रश्नहरु छन् भने पनि सोही अनुसार नै मिलाएर लेख्नु पर्दछ । जस्तो कि प्रश्न नं. ५ को (क) यसरी लेखेर अण्डरलाईन पनि गर्न सकिन्छ । तर, अन्डरलाईन गर्ने धर्का तान्ने काम पछि समय बँचेको खण्डमा मात्रै गर्नु पर्दछ । नत्र भने यस्ता काममा समय खेर गयो भने पछि जानेको प्रश्न गर्नका लागि समय नै नपुग्न सक्दछ ।
अर्को कुरा के हो भने प्रत्येक प्रश्न तथा उपप्रश्नहरुको समाधान लेखिसकेपछि दुई लाइन छोड्नु पर्दछ जसले तपाईले लेख्नुभएको उत्तरलाई सफा र आकर्षक देखाउँछ र कतै कुनै उपप्रश्नहरु छुट्ने सम्भावना हुँदैन । लाइन छाडिएन भने प्रश्नको उत्तरलेखन खँदिलो संरचनामा हुन गई परीक्षकलाई कुन प्रश्नको उत्तर कुन हो भनी पहिचान गर्न नै गाह्रो हुने गर्दछ ।
यसरी उत्तर लेखिसकेपछि मूल प्रश्नको समाधानपश्चात पनि लाईन छाडि अन्तिममा भने समय बँचेको खण्डमा प्रत्येक प्रश्नको उत्तरहरुलाई लाईन तानेर अलग गर्न सकिन्छ । प्रश्नको उत्तर लेख्दा सबै भाइबैनीहलाई जानकारी भएको कुरा म स्मरण गराउन चाहन्छु कि, पुर्नलेखन (रिराईट) गर्नुपर्ने अवस्था वाहेकका प्रश्नपत्रहरु सार्नु पर्दैन सिधै प्रश्न नं. … को उत्तर भनी उत्तर लेख्नु पर्दछ ।
अक्षर सफा लेख्नु पर्दछ । फोहोर भयो बढी केरमेट गरियो भने परीक्षकमा नकारात्मक धाराणा बन्न जान्छ । जसको असर तपाईंले पाउने अङ्कमा पर्न जान्छ । लेख्ने क्रममा दुई कुराहरु निकै ख्याल राख्नु पर्ने हुन्छ । पहिलो कुरा अक्षर राम्रो, आकर्षक र बुझिने हुनु पर्दछ भने दोस्रो कुरा लेखनको गति पनि हुनु पर्दछ । ढिलो लेखाइ भएमा समयमा नै सबै प्रश्नको समाधान गर्न सकिँदैन र जानेको पनि छुट्न सक्दछ । यदि यसो भयो भने पश्चाताप मात्रै हुन्छ र यसको प्रभाव बाँकी विषयहरुको परीक्षामा समेत पर्न जान्छ । त्यसैले अक्षर लेखनमा निकै ध्यान दिनुहोला जसले यहाँहरु सबैको मेहनतको सही रुपमा सदुपयोग हुनेछ ।
भाइबैनीहरु छैठौ श्रृङ्लासम्म आइपुग्दा धेरै कुराहरु मैले राखिसकेको छु । अब परीक्षा आउन पनि एक महिना मात्रै बाँकी छ तसर्थ शरीरलाई ख्याल राखेर खानपानमा विशेष ध्यान दिएर आफ्नो अध्ययनकार्यलाई चुस्त रुपमा अगाडि बढाउनुहुन सबैमा अनुरोध गर्दछु । अर्को आलेखमा समयको परीक्षामा समयको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा चर्चा गरिनेछ प्रतिक्षा गर्नुहोला । धन्यावाद ।
- See more at: http://sajhasabal.com/blog/news/slc-bhaga-six/#sthash.RHnszXn3.dpuf

