फागुन २० गते बिहिबार
एकीकृत नेकपा माओबादी निकट युवा संगठन वाई सि एल नेपाल रामेछाप र बिद्यार्थी संगठन अखिल क्रान्तीकारी रामेछापको जिल्ला सम्मेलन भोली एकै साथ मन्थलिमा सुरु हुदैछ ।
कार्यक्रमको प्रमुख अतिथी एकीकृत नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा नेपाल सरकारका माननिय गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घघाट गर्ने कार्यक्रम तय भएको वाई सि एल जिल्ला संयोजक शेरबहादुर खड्का बिद्रोहले जानकारी दिनुभयो । साथै कार्यक्रममा वाई सि एल नेपालका केन्द्रिय पदाधिकारीहरु लगायत बिद्यार्थी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको श्रोतले बताएको छ । भोली बिहान १० वजे जिल्ला विकास समितिको प्रांङ्गणमा हुने कार्यक्रममा उपस्थीत हुन रामेछापका सम्पुर्ण युवाहरु, विद्यार्थी, एकिकृत नेकपा माओबादी पार्टी आबद्ध सदस्यहरु, समर्थक, शुभचिन्तक सबैमा वाईसिएल रामेछाप र अखिल क्रन्तीकारीले आग्रह गरेको छ ।
भोलि नै दुबै संगठनको नया नेतृत्व चयन हुने श्रोतले बताएको को छ । यतिबेला रामेछापको सदरमुकाम मन्थलिमा एमाओबादी निकट भातृ संगाठन वाई सि एल नेपाल र अनेरास्ववियु क्रान्तीकारीका नेताहरुको चहलपहल बाक्लीएको छ ।





