पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी

पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी

President Rambaran yadav New house (8)

  • पूर्वराष्ट्रपति डा. रामवरण यादव बस्दै आएको बागडोलस्थित घर
१८ फागुन, काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि बहालमा लिएको घरको भाडा नपाएको भन्दै घरधनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी गरेका छन् ।
गत कात्तिक १२ गतेदेखि ललितपुरको बागडोलमा रहेको आफ्नो घर यादवलाई बहालमा दिए पनि अहिलेसम्म भाडा नपाएको गुनासो घरधनी रविभक्त विष्टको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवास तथा पूर्वराष्ट्रपति यादवलाई बोधार्थ पठाइएको पत्रमा उल्लेखित विवरणअनुसार मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने मौखिक सहमति भएको थियो । सो सहमति पालना नभएपछि विष्टले राष्ट्रपति डा. यादवलाई पत्र लेखेर ७ दिनभित्र भाडा उपलब्ध गराउन र घरबहाल सम्झौता गर्न माग गरेका थिए । तर अहिलेसम्म कुनै सुनवाई नभएको उनको कथन छ ।
घरधनी विष्ट अमेरिकामा बस्छन् भने उनको वारेसका रुपमा अरुणप्रकाश श्रेष्ठले सो पत्र लेखेका हुन् ।
प्रधानमन्त्री कार्यालयलाई माघमै पठाइएको पत्रमा भनिएको छ, ‘घर बहाल सम्झौता नहुने हो भने ३ महिनाभित्र अहिलेको भौतिक संरचना यथावत राखि बहाल रकम चुक्ता गरेर घर कम्पाउन्ड खाली गराइयोस् ।’
सरकारकै पहलमा पूर्वराष्ट्रपतिलाई घर उपलब्ध गराइएको भए पनि अहिलेसम्म मन्त्रिपरिषदले औपचारिक निर्णय नगरेकाले भाडा तिर्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
घर धनि विष्टले प्रधानमन्त्री कार्यालयमा बुझाएको पत्र
Rambarana-Yadav-Home-Rent final
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap